२४ बैशाख २०८१, सोमबार
2024-05-06

दुर्घटनामा परि एकै परिवारका ४ जना सहित ६ जनाको मृत्यु

Aarya News

बाँके। माइती गएकी श्रीमतीलाई लिएर फर्किने क्रममा कार दुर्घटनामा पर्दा नेपालगन्जका एकै परिवारका ४ सहित ६ जनाको  निधन भएको छ । उक्त दुर्घटना भारतको श्रावस्ती जिल्लामा भएको हाे ।

दुर्घटनामा त्रिभुवन चोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको हाे ।

यसै गरी निलान्स गुप्ता र उहाँकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने स्थानमा शनिवार राति भएको दुर्घटनामा निधन भएको छ । दुर्घटनामा निधन हुने ६ जना नै नातेदार हुन् । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगन्ज  बजार अहिले शोकमा परेको छ ।

प्रकाशित मिति: २०२३-०८-०६ , समय : १५:१७:१८ , ९ महिना अगाडि

error: Content is protected !!