०८ बैशाख २०८१, शनिबार
2024-04-20

इन्धनको मूल्य १० रुपैयाँले बढ्यो ग्यास सिलिन्डरको १८ सय पुग्यो

आर्य न्युज

विराटनगर । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

प्रकाशित मिति: २०२२-०५-२२ , समय : २१:०९:२२ , २ वर्ष अगाडि

error: Content is protected !!