१७ बैशाख २०८१, सोमबार
2024-04-29

आजको राशिफल बि. स. २०८० साउन २६ गते शुक्रबार : यी राशिहरुको भाग्य चम्किने छ

Aarya News

देवानगञ्ज। आज श्री शाके १९४५ बि. स. २०८० साउन २६ गते शुक्रबार इश्वी सन् २०२३ अगस्त ११ तारीख अधिक श्रावण कृष्णपक्ष दशमी तिथि पश्चात् एकादशी तिथि रोहिणी नक्षत्र पश्चात मृगशिरा नक्षत्र व्याघात योग वव करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु……

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजनको स्वास्थ्यमा सामान्य खराबी आउनाले मानशीक समस्या आइपर्न सक्ने छ । वाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्धि हुने योग रहेको छ । नयाँ लगानीका क्षेत्रमा विशेष सजग रहनुपर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला । वादविवादको झमेलामा फस्न सकिने सम्भावना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यापार व्यवसायको निम्ति तथा नयाँ लगानीका लागि राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा प्राप्त हुनेछ । मनोविलासिताका साधनको प्रयोगमा अधिक समय व्यतित रहने छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँला । भौतिक स्राेत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने छ । मेहेनतअनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण व्यतित हुनेछ । सामान्य यात्राको सम्भावना रहेको छ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छिटो विश्वास गर्ने बानीका कारण तपाईँलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुराना तथा प्रिय मित्रजनसँगको भेटघाटले मन हर्षित रहने छ । मनोरञ्जनका क्षेत्रमा धेरै समय व्यतित हुन सक्छ । तपाईँको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । प्रतिपक्षीहरू सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनुपर्ला । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परोपकारका क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुशणबाट विशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताले सताउँला । पारिवारिक साथ सहयोगबाट काममा विशेष फाइदा हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भावना रहेको छ । अनावश्यक यात्राको सम्भावना रहेको छ । प्रतिश्पस्पर्धीहरू कमजोर रहनाले तपाइलाई कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाइ तथा मित्रजनको साथ सहयोगमा गरिएका कार्यमा विशेष फाइदा पुग्नेछ ।

तुला राशि – र, रि, ?, रे, रो, ता, ति, तु, ते
कार्य सम्पादनमा अरूको दवाबको अनुभव हुन सक्नेछ । स्वास्थ्यमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउँला । भोजभतेरजस्ता कार्यमा सहभागिताको योग रहेको छ । सभासम्मेलनमा सहभागिताको समय रहेको छ । तपाईँको कार्यको फल अरूलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापार व्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवन साथीको सहयोगमा गरिएका कार्यहरूमा सफलता हात लाग्नेछ । अध्ययन अध्यापनमा लगाइएको समय महत्वपूर्ण रहने छ । शीप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने छन् । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अपरिचित व्यक्तिहरुको विश्वास गर्नाले उनीहरूकाे षड्यन्त्रमा फँसिएला, सजग रहनुपर्ने समय रहेको छ । शत्रु सबल रहने छन् । मानसम्मानमा आँच आउन सक्ने सम्भावना रहेकोले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउँनेछ । सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने छ । यात्रा खर्च दायक रहन सक्ने सम्भावना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहने छ । सानो प्रयासले व्यक्तित्व विकासमा निकै टेवा पुर्याउनेछ । आम्दानी मध्यम रहने छ । बौद्धिक व्यक्तिहरूको अनुशरण दीर्घकालिन फाइदाका स्राेत बन्ने  छ । आफूभन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाइदामूलक साबित हुने छन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
भौतिक स्राेत साधनको प्रयोगमा समय व्यतित रहला । कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मान्यजनहरूको साथ सहयोगमा जटिल कार्यहरू सम्पादित रहने छन् । अरुको दवाबको अनुभव हुन सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मानसम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला । अध्ययन अध्यापन मध्यम रहने छ । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ । बल पराक्रममा बृद्धि हुनेछ । (ज्यो.प. सरोज घिमिरे)

प्रकाशित मिति: २०२३-०८-१० , समय : २२:२२:३६ , ९ महिना अगाडि

error: Content is protected !!