१७ बैशाख २०८१, सोमबार
2024-04-29

मिटरव्याजी कानुन संगै गाउँ घरमा ऋण लिन सकस ; ऋण दिने व्यक्तिको रकम डुब्दै

Aarya News

देवानगञ्ज । बैंक एवं वितिय संस्थामा गई आफनो जग्गा धितो राखी ऋण लिन असहज भएको कारण विभिन्न व्यक्तिहरु संग गई जग्गा धितो राखी वा कागज गरि ऋण लिने समुह पनि नेपालमा धेरै छन् ।

यसरी ऋण लिनेहरुले समयमा ऋण नतिर्ने १०/१२ वर्ष सम्म पनि ऋण नतिरेप पछि ऋण दिनेले घितो राखेको जग्गा आफ्नो नाममा वैधानीक रुपमा पार्ने गरेका छन् । व्यक्ति संग कागज गराई वा जग्गा धितो राखी ऋण लिदा र ऋण दिने व्यक्ति अहिले मिटर व्याजको रूपमा स्थापीत हुन पुगेका छन् । व्यक्तिले जरुरी आफु संग धितो राखेको जग्गा आफ्नो नाममा पार्दै छन् सोही किसीमले बैंक एवं वितिय संस्थाले पनि आफु संग धितो राखेको जग्गा लिलाम गरि वा आफुले सकार्ने गरेका छन् । यसलाई सरकारले मिटर व्याजीको ट्याग लगाउने सकेको छैन किन ?

अहिले सरकार‌ले काननु बनाई मिटर व्यजी व्यक्तिलाई कारवाही गर्न थालेको छ। ऋण लिनेको उजुरीको आधारमा यसलाई हेर्दा गाउँ-घरमा जग्गा धितो राखी वा कपाली तमसुक बनाई रकम दिने व्यक्तिको संख्यामा कमी आउन थालेको छ। जसले रकम दियो उसको रकम के हुने जसले रकम लिएको छ उसको पक्षमा कानुन बनाए पछि रकम दिने व्यक्ति थप पिडित बनेका छन्।

अहिले पनि गाउँ घर हाम्रो समाजमा कागज गराएर वा जग्गा धितो राखी ऋण दिन चलन कायमै छ। सरकारले कानुन बनाए पछि गाउँ घरमा जग्गा धितो राखी ऋण लिन सकिरहेका छैनन। यसलाई हेर्दा जसले समयमा ऋण लिई रकम चुक्ता गर्दै छन् उनीहरुलाई समस्या पर्ने गरेको छ। जसले रकम लिएर नियतवस रकम तिर्दैनन उनीहरुलाई पनि समस्या पर्ने गरेको छ। अहिले जग्गा धितो राखी रकम लिने मात्र होइन आफ्नो गर गहना धितो राखी सुन पसल वा व्यक्ति संग रकम लिने गरेका छन्।

सुन व्यापारी कोहि भागी रहेका छन् कसैका चोर पसेर सामान समेत चोरेको छ। यसमा दोषी को? बैंक एवं वितिय संस्था चाही मिटर व्याजमा नपर्ने तर सर्व साधारण जो संग रकम छ उसले कागज गराएर रकम दिने व्यक्ति मिटर व्याजी गनिनुलाई साकारात्मक रूपमा लिन सकीने अवस्था छैन। गाउँ घरमा जग्गा धितो राखी वा कागज गराई रकम दिने व्यक्तिको रकम डुवी रहेको छ। सरकारले तिनै माथि नयाँ नयाँ कानुन बनाई पिडा दिने काम गरिरहेको प्रष्ट हुन आउँछ।

सरकारले जग्गा धितो राखी वा कागज गराई सहज रुपमा ऋण उपलब्ध गराउने व्यवस्था गरेमा चारै तिर भोतारिने थिएन्। सरकारले आफुले गर्न नसक्ने कुरालाई सुइकर नगरे सम्म गाउँ घरमा जग्गा राखी वा कागज गरि ऋण पाउन निकै सकस देखिन्छ।

प्रकाशित मिति: २०२३-०८-११ , समय : २१:०४:०९ , ९ महिना अगाडि

error: Content is protected !!