२९ आषाढ २०८१, शनिबार
2024-07-13

भ्रष्टाचार र तस्करी भयो भने विकास हुन् सक्दैन : ओली

Aarya News 450  पटक हेरिएको

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार रोक्नु हरेक नागरिकको कर्तव्य हुने बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भेलालाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार र तस्करी भयो भने विकास नहुने बताएका हुन्।

‘हामी यस देशका नागरिक हौं। यस देशमा भ्रष्टचार हुन्छ भने हुनुहुँदैन भन्ने मेरो हक छ, त्यो रोक्ने मेरो कर्तव्य हो। त्यसकारण मेरो चासो र सरोकार छ। भ्रष्टाचार भयो भने विकास हुँदैन। तस्करी भयो भने विकास हुँदैन। कुशासन भयो भने विकास हुँदैन।’ उनले भने, ‘राजनीतिक रंग हेरेर आफूलाई समर्थन गर्छ कि गर्दैन भनेर कर्मचारी र नागरिकमाथि भेदभाव गर्‍यो भने न्याय हुँदैन।’

सेना, प्रहरी भनेको सचेत समुदाय भएको र विभिन्न समुदाय र संस्कृति चिनेको हुने बताए। ‘सेना प्रहरी भनेको सचेत समुदाय हो। अवकाश प्राप्त/ भूतपूर्व हुँदा धेरै अनुभव हासिल गरेको हुन्छ।’उनले भने, ‘सेना, प्रहरी विभिन्न जिल्लामा सरुवा भएको हुन्छ। विभिन्न स्थानका समुदाय र संस्कृति चिनेको हुन्छ।’

ओलीले पेन्सनले मात्र जीविका चलाउन गाह्रो हुने भएकाले सेना, प्रहरीबाट अवकाश प्राप्त भएपछि पनि अन्य काम गर्न उनीहरु सक्षम हुने बताए।

प्रकाशित मिति: २०२३-०८-२४ , समय : १४:५२:४७ , ११ महिना अगाडि

error: Content is protected !!