३१ आषाढ २०८१, सोमबार
2024-07-15

अधिकृत रिजाल दोषी ठहर

Aarya News 253  पटक हेरिएको

विराटनगर। अहिले राजस्व अनुसन्धान विभाग चर्चामा छ। विमानस्थलको कडा सुरक्षाबीच सेटिङबाट बाहिरिएको एक क्वीन्टल सुन बरामत गरेर चर्चामा आएको विभाग त्यतिबेला अर्थ मन्त्रालयको मातहतमा थियो। विभाग पनि विगतदेखि नै भ्रष्टाचारको अखडा रहँदै आएको छ।

२०७५ फागुन ६ मा विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजालले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो। उनले विभिन्न कार्यालयहरूमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति कमाएर अस्वाभाविक उच्च जीवनयापन गरिरहेका थिए। ३५ वर्षको जागिरे जीवनमा उनले दुई करोड ९७ लाख ३८ हजार ३ सय १० अकुत सम्पत्ति कमाएको देखिएको छ।

यसरी अबैध रूपमा कमाएको सम्पत्ति श्रीमती स्वास्थानी रिजालको नाममा समेत राखेका थिए। उनले तलब भत्ता, प्रोत्साहन भत्ता, श्रीमतीको पारिश्रमिक आय, जग्गा विक्री, श्रीमतीको नाममा सञ्चालित सञ्जीवनी आयुर्वेदिक डिस्ट्रिब्युटर्स र पिगासस ट्राभल्स एन्ड टुर्सको आय, अवकाशपश्चात् सुविधा प्राप्त आय, कर्जालगायतबाट एक करोड ९६ लाख ८६ हजार ५ सय ९ रुपैयाँ आर्जन गरेको देखिएको छ।

रिजाललाई विशेषले दोषी ठहर गरेको छ। २०७९ माघ १५ गते विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो।

प्रकाशित मिति: २०२३-०८-२४ , समय : १५:१३:३६ , ११ महिना अगाडि

error: Content is protected !!