२४ बैशाख २०८१, सोमबार
2024-05-06

भारतीय सुरक्षाकर्मीको कब्जामा दशगाजा

Aarya News

विराटनगर। नेपालीहरुलाई भारतले भारत प्रवेश गर्दा नेपाली भएको परिचय पत्र र भारतीय हकमा भारतीय भएको खुल्लने परिचय पत्र हेर्ने गरेको छ।

विराटनगर जोगवनी नाकको दशगाजामा भारतीय सुरक्षाकर्मीले चेक पोष्ट राखेर दश गाजा मै उक्त कागजात हेर्ने गरेको छ।

नेपाल भारतको हकमा व्यक्तिहरु आवजावत गर्दा परिचय खुल्ने कुनै कागज पत्र हेर्दैन थियो तर पछिल्लो समय भारतीय सुरक्षाकर्मीले दशगाजा कब्जा गरेर उक्त काम गरे पनि नेपाली सुरक्षाकर्मी मौन बसेका छन्।

भारतीय सुरक्षाकर्मीको उक्त कार्यको बारेमा नेपाल तर्फ सिमा सुरक्षा समेत हेर्ने सशस्त्र प्रहरी बल बि.ओ.पी.ले आफ्नो मातहतका निकायलाई जानकारी गराई सकेको छ।

दशगाजामा भारतीय सुरक्षाकर्मीले अस्थायी क्याम्प खडा गरि सकेका छन्। कोशी प्रदेशका सभासद ,मन्त्रिलाई जानकारी छ। तर निरिह बनेका छन्।

उक्त क्षेत्रमा भारतीय सुरक्षाकर्मीको कार्य हेर्दा उक्त भू भाग्य भारतलाई नेपालले बेचिसकेको त होइन भन्ने प्रश्न उठेको छ।

प्रकाशित मिति: २०२३-०८-२४ , समय : १९:२०:२२ , ९ महिना अगाडि

error: Content is protected !!