२५ बैशाख २०८१, मंगलबार
2024-05-07

विराटनगरमा दादुरा रुबेला रोग बिरामी फेला परे ; आज बाट खोप लगाउदै

Aarya News

विराटनगर। विराटनगर महानगर पालिकाको केही वडामा दादुरा रुबेला रोग बिरामी फेला परेको छ।

दादुरा रुबेला खोप कार्यक्रमको लक्ष्य उदेश्य प्रगति को अवस्था रोग निवारण रणनीति तर्फ केन्द्रित रही सरोकारवाला निकाय संग गरिएको छलफल कार्यक्रमको अवसरमा महानगर पालिकाका उपमेयर कार्यकारणी अधिकृत ,वडा अध्यक्ष हरु प्याप्सन एन प्याप्सनका प्रतिनिधि संचारकर्मी, स्वास्थ्य संग सरोकार राख्ने व्यक्ति हरु को सहभागिता रहेको थियो।

विराटनगर महानगर पालिका स्वास्थ्य शाखा प्रमुख हेदर अलिले भदो ११ गते देखि १९ गते सम्म संचालन हुने खोप कार्यक्रम सम्पन गर्ने महा नगर पालिकाले तैयार गरि सकेको बताउनुभयो। स्वास्थ्यका जानकार उदय श्रेष्ठ ले खोप को भण्डार वितरण र प्रयोग गर्दा अपनाउनु पर्ने कुराहरु पुरा न भए को कारण खोप प्रभाव करी हुन् नसकेको बताउनु भयो।

एक भाइल औषधि कम्तिमा १० जनालाई लगाउन सकिन्छ तर थोरै व्यक्तिलाई लगाएर उक्त औषधि को १/२ घण्टा पछि तेस्को प्रभाव कम हुने हुँदा सबैलाई भेला गरे पछि भ्याक्सिन लगाउने वातावरण बनाउनु पर्ने कुरामा जोड दिनुभयो। हामीले भ्याक्सिन भण्डार प्रयोग र खोप केन्द्र उचित प्रावधान नगरेको कारण खोप को प्रभावकारी हुन् न सकेको श्रेष्ठले बताउनुभयो।

विराटनगर महानगर पालिका का कार्यकारणी अधिकृत राजेन्द्र पराजुली ले निर्वाचनको बेलामा कुन घरका मतदाता कहाँ छन् ,कुन घर क मतदाता मतदान स्थलमा आएनन भनेर रेकड राख्ने राजनेतिक दलका नेताले दादुरा रुबेला खोप लगाउन कुन कुन घरमा बच्चा छन् कुन कुन बच्चा आएन तेस तर्फ ध्यान दिई अगाडी बढेमा खोपले उलेखनीय प्रगति गर्ने सुझाब दिनु भयो। रोग बाट बच्न ६ महिना देखि १५ वर्ष सम्मका बालबालिका लाई खोप लगाउने अभिभावक तयार हुनु पर्छ देखिएको छ।

प्रकाशित मिति: २०२३-०८-२८ , समय : १०:५१:१४ , ८ महिना अगाडि

error: Content is protected !!