१७ बैशाख २०८१, सोमबार
2024-04-29

कर्मचारीको अगाडी जनप्रतिनिधिहरु निरिह

रातो किताब प्रकाशन नहुँदा सबै अनियोलमा परेको छ

मधु सुधन ज्ञवाली

विराटनगर महानगर पालिका

विराटनगर। विराटनगर महानगर पालिका भित्र कर्मचारी प्रशासनको अगाडी जनप्रतिनिधिहरु निरिह बनेका छन्।

महानगर पालिकाको साधारण सभाले बजेट पास गरे पनि अहिले सम्म वडा स्तरिय बजेट र महानगर पालिका अन्तर्गत विभिन्न शाखा अन्तर्गतको बजेटको रुपरेखा सहितको पुस्तक महानगर पालिकाले सार्वजनिक गर्न सकेको छैन। महानगर पालिकाको केहि वडाले आफ्नो वडा भित्र विकासमा निर्माण काम लगायत अन्य योजना महानगर पालिकामा समयमा नै नपठाएको कारण वडा स्तरिय बजेट विनियोजन सहित को योजना समेत गरि रातो किताब तयार गर्न नसकेको कारण महानगर पालिका भित्र को बेतिथिले जरो गाडेको अनुमान गर्न थालिएको छ। वडामा पनि कर्मचारी हुन्छ्हन उनीहरु समयमा खाका तयार गर्नु पर्नेहुन्छ तर तयार गरेको पाइदैन त्यहि कारण ले गर्दा समयमा योजना सहितको रातो किताब प्रकाशन गर्न कठिनाई भएको बताइन्छ।

विराटनगर महानगर पालिकामा केहि वडाहरुले वडा स्तरिय योजनाहरु समयमा नपठाइएको कारण महानगर पालिकाले समयमा रातो किताब प्रकाशन गर्दै वडा स्तरिय योजना बढी ल्याउन नसकेको कुरा महानगर पालिकाका योजना शाखा प्रमुख अर्जुन थापाले बताउनुभयो। श्रवानको अन्तिम तिर केहि वडाले वडा स्तरिय योजनको खाका पठाइएको कुरालाई स्वीकार गर्दै अब सबै वडाको वडा स्तरिय योजनाको खाका आइ सकेको बताउनुभयो।

वडाबाट प्राप्त योजनाको कागजहरु महानगर पालिकाको लेखा शाखा मा पठाइएको हुँदा अब लेखाले बजेट छुट्याई रातो किताब योजना पुस्तिका प्रकाशन गर्न तर्फ आगाडी बढ्छ थापाले भन्नु भयो। रातो किताब प्रकाशन नभए को कारण महानगर पालिका भित्रको कृषि शाखा ,शिक्षा शाखा ,पशु शाखा ,स्वास्थ्य शाखा ,खरिद शाखा लगायत अन्य शाखालाई काम गर्न असहज भएको कुराले महानगर पालिका भित्र चर्चा पाएको छ।

प्रकाशित मिति: २०२३-०९-०२ , समय : १५:४८:३१ , ८ महिना अगाडि

error: Content is protected !!