
देवानगञ्ज । सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक राधा कृष्ण रथ यात्रा निकाल्ने भएको छ। जन्माष्टमीको अवसरमा हरिनगर गाउँ पालिका वडा नम्बर ४ का युवाहरुको सक्रियतामा पहिलो पटक सो रथ यात्रा निकाल्ने भएको हो।
जन्माष्टमीको अवसरमा यहि भदो २१ गते हरिनगरा बजार स्थित रहेको राधा कृष्ण मन्दिरबाट रथ निकाल्ने शनिवार हरिनगरमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएका छन्।
हरिनगर गाउँपालिकाका साविकको ९ वटै वडालाई केन्द्र बिन्दु बनाई रथ यात्रा निकाल्ने समितिका संयोजक मनोज कुमार राउतले जानकारी दिएका छन्।
हरिनगर गाउँपालिकामा पहिलो पटक राधा कृष्ण रथ यात्राको आयोजना हुने भएकाले हिन्दु धर्मावलम्बीहरुलाई सहभागि भई सफल बनाउनका लागि उनले अनुरोध गरेका छन् ।
यसैगरि हरिनगर वडा नम्बर ४ का वडाध्यक्ष देवनारायण मेहताले पहिलो पटक रथ यात्रा हुने भएकाले वडाबासीहरुलाई सहभागिताका लागि अनुरोध गर्दै युवाहरुको सकारात्मक काम गरेकोप्रति खुशी व्यक्त समेत गरेका छन् ।
गाउँपालिका र वडा कार्यालयबाट समेत सहयोग नलिईकन उनीहरु आफै चन्दा संकलन गरेर भब्य रथ यात्रा गर्न लागेको हुदाँ सफल तुल्याउन सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए ।
आयोजक समितिले चन्दा संकलन गरि रथ यात्राको आयोजना गरेको छ।
विगतका वर्षहरुमा रथ यात्रा हेर्नका लागि बिराटनगर र इनरुवा जानुपर्ने बाध्यता हटेर जाने आयोजक समितिले जानकारी दिए ।
रथ यात्रा भब्य र सब्य बनाउनका लागि युवा,नागरिक समाज, बुद्धिजीवि, स्थानीय प्रशासन, प्रहरी, सञ्चारकर्मी, समाजसेवी लगायतकाले सफल बनाउनका लागि अहम भूमिका रहने आयोजकको विश्वास छ ।
प्रकाशित मिति: २०२३-०९-०२ , समय : २०:२२:२३ , ४ हप्ता अगाडि