०३ जेठ २०८१, बिहिबार
2024-05-16

कलाकार एवं पत्रकार अनुरागलाई पहिलो सन्तानको रुपमा जुम्ल्याहा बच्चा प्राप्त

कोशी प्रदेश सम्वाददाता

सुनसरी। गायक / कलाकार एवं पत्रकार प्रकाश अनुरागलाई पहिलो सन्तानको रुपमा जुम्ल्याहा बच्चा प्राप्त भएको छ। बिहिबार १४ गते रक्षा बन्धन एवं जनै पुर्णिमाको दिन अनुरागलाई एक छोरा एक छोरी गरि जुम्ल्याहा सन्तान प्राप्त भएको हो।

विवाह गरेको १ वर्ष २ महिना पछि गायक / कलाकार एवं पत्रकारको श्रीमती अमेरिका मेहताले जुम्ल्याहा सन्तको जन्म दिएको हो।

भाई बहिनिको अटुट बन्धन एवं पर्व रक्षा बन्धनको दिन भाई बहिनिको एकै साथ जन्म हुनु यसलाई खुसिको दिन र सुखद क्षण लिएको गायक /कलाकार एवं पत्रकार अनुरागले बताउनु भयो ।

गायक /कलाकार एवं पत्रकार अनुराग र श्रीमती मेहताले मोरङ सहकारी अस्पताल र डाक्टर बालकृष्ण शाहको टिमलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति: २०२३-०९-०३ , समय : २०:०२:५८ , ९ महिना अगाडि

error: Content is protected !!