०९ बैशाख २०८१, आइतबार
2024-04-21

सुझावका तीन प्रश्न लिएर अभियानमा होमिए मन्त्री किराती

कोशी प्रदेश सम्वाददाता

विराटनगर । जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरुभएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरब बेलबारी ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ।

माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे। अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी जनताबाट सुझाव संकलन गर्न भन्दै तीन प्रश्न समेटिएको ।सुझाव पत्र’ वितरण गर्छन् । विगतमा सरकारमा पुर्याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किरातीले अब सरकारले गर्नुपर्ने कामहरु पनि जनताकै सुझाव आधारमा हुनुपर्ने बताउँछन् । सुझाव पत्र बाड्दै मन्त्री किरातीले भने, ।

चुनावको बेला हामीले तपाईहरुसँग भोट दिनुहोस, सरकारमा पुगेर सेवा गर्छौ भनेका थियौ । तपाईहरुले भोट दिनु भयो, हामी सरकारमा पुगेका छौं , मन्त्री भएका छौ । अब तपाईहरुले भन्नु पर्यो, लिखित रुपमा भन्नु पर्यो हामीले के गर्नु पर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईहरुको सुझाव अनुसार नै काम गर्ने छौं ।’

काठमाडौंबाटै सुझाव संकलनका लागि सुझाव पत्र नै लिएर कार्यक्षेत्र पुगेका उनले मुख्यगरी तीन विषयमा सुझाव संकलन गर्न खोजेका छन् । मन्त्री किरातीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी भ्रष्टाचार विरुद्धको अभियानबारे जनताको धारणा र सुशानको सन्दर्भमा सरकारले गर्नुपर्ने बाँकी कामबारे पहिलो बुँदामार्फत सुझाव संकलन गर्न खोजेका छन् ।

भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले माओवादी नेतृत्वको सरकारको कामको जनताबाट समीक्षा गर्ने कोसिस गरेका छन् । उनले सुभलाव पत्रमार्फत आफू नेतत्वको मन्त्रालय सँगै अन्य विकासे मन्त्रालयहरुले गरिरहेको काम र गर्नुपर्ने कामको विषयमा समेत जनतासँग समीक्षा र सुझाव मागेका छन् । सुझावका प्रश्नहरुको २ नम्बर बुँदामा लेखेको छन्, ।

हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, उड्डयन, सडक, जलविद्युत लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?’ त्यसैगरी, तेस्रो बुँदामार्फत मन्त्री किरातीले नेपालका राजनीतिक दल र आफ्नो पार्टीको अवस्थाबारे जनतासँग सुझाव लिने प्रयास गरेका छन् ।उनले जनतासँग भनेका छन्, ।

नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भुमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?’ टोलका सबै जनतासँग सुझाव लिने, चोक चोकबाट संकलन गर्ने अभियानका क्रममा करिव पाँच हजार जनतासँग सुझाव लिने मन्त्री किरातीको योजना छ ।

किरातीको जिम्मेजारी परेको बेलबारी नगरको ३ नम्बर वडामा पाँच हजार भन्दा धेरै मतदान छन् । सुझावहरु संकलन गर्न तयार पारिएको सुझवा पत्रमा उत्तर लेख्न खाली ठाउँ राखिएको छ । मन्त्री किरातीका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताले उक्त सुझाव पत्र हरेक जनताको हातमा पुर्याउने छन् । र, जनताले सोही पत्रमा सुझाव लेख्ने छन् । जनताले लेखेको सुझाव संकलन गर्न मन्त्री किराती आफै वडाको चोक चोकमा पुग्ने छन् । जनतासँग लिएको सुझावलाई केन्द्रीत गरेर सार्वजनिक गर्दै प्राथमिकीकरणका आधारमा कार्यन्वयन गर्ने मन्त्री किरातीको योजना रहको छ। उनले भने, ।

त्यसै सुझाव लिन लागिएको होइन । हामी चाच्चिकै जनताको चाहना अनुसार काम गर्छौ । उहाँहरुले दिनु भएको सुझावलाई प्राथमिकीकणरका आधारमा कार्यन्वयन गर्ने योजना छ ।’ शनिबारदेखि देशैभर माओवादीको अभियान सुरु भएको छ । सबै वडामा औपचारिक कार्यक्रम गरेर अभियान प्रारम्भ भएको जानकारी गराइएको छ । अभियान प्रारम्भ हुनु अघि नै धेरै नेता तोकिएका वडामा पुगेर जनतासँग पुरानै शैलीमा भेटघाटमा व्यस्त छन् । तर, जनतासँग लिखित रुपमै सुझाव माग्ने काम कम्तिमा पनि माओादीका लागि पहिलो र नौलो अभ्यास हो ।

यसअघि पनि माओवादीले विभिन्न चरणमा अभियान सञ्चालन गरेको थियो । माओवादीका नेता कार्यकर्ता हुल बाँधेर देउसी खेले झै जनताको घर पुगेर फर्कन्थे । मन्त्री किरातील भने, । विगतमा मैले पनि त्यसै गरेका थिए तर अब त्यसो गरेर हुँदैन । जनतासँग स्वार्थी काम गरेर हुँदैन । जनताको कुरा सुनेर जनताकै लागि काम गर्नु नै सबैभन्दा राम्रो काम हो ।’ प्रचण्ड सरकारको क्रियाशील मन्त्रीको छवि बनाएका मन्त्री किराती १६ गते विहानैदेखि भेटघाट तथा सामाजिक कार्यमा जुटेका थिए ।

उनले यसअघिका शनिबारमा पनि सरसफाइ तथा वृक्षरोपणमा जुट्दै आएका छन् । यो शनिबार पनि मन्त्री किरातीले बेलबारी पुगेर पनि बेलबारी बहुमुखी क्याक्पस लगात धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा बिहानै वृक्षरोपण गरे । बिहान वृक्षरोपणमा जुटेका मन्त्री किराती दिउँसो अभियान घोषणा कार्यक्रममा सहभागी भए ।

मन्त्री किरातीले सुझाव संकलनका लागि तयार पारेका प्रश्नहरू

१. देशको लागि भ्रष्टाचार एउटा महारोग बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कठोर र साहसिक काम सुरु गरेको छ । यो काममा राम्रो पक्ष र कमिकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?
२. हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, हवाइजहाड (उड्डयन) सडक, जलविद्युत् लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?
३. नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?

प्रकाशित मिति: २०२३-०९-०३ , समय : २०:३३:४९ , ८ महिना अगाडि

error: Content is protected !!