०३ जेठ २०८१, बिहिबार
2024-05-16

एसियाको दोश्रो ठुलो रथ यात्रामा विश्वकर्मा समुदायको झाँकी ! यस्तो छ कारण !

कोशी प्रदेश सम्वाददाता

विराटनगर। विराटनगरमा निकालिने एसियाको दोश्रो ठुलो रथ यात्रा राधा कृष्ण रथ यात्रामा पहिलो पटक विश्वकर्मा समुदयले झाँकी निकालिने भएको छ । लामो समय देखि राधा कृष्ण रथ यात्राको रथ बनाउने सजाउने भरत ठाकुरले जातीय पहिचानको लागि पहिलो पटक सो समुदायको झाँकी निकालिने भएको हो।

राधा कृष्ण भगवानलाई राखेर विराटनगर परिक्रमा गरिने राधा कृष्ण रथलाई बनाउने सजाउने आफुले २६ वर्ष देखि काम गरि रहेको राधा कृष्ण रथ यात्रा समाहरो समितिका सह-संयोजक एवं विश्वकर्मा समुदाय झाँकीका अध्यक्ष भरत ठाकुरले बताउनु भयो। राधा कृष्ण रथ राधा कृष्ण रथ यात्रा झाँकीमा २६ वर्षको अनुभवले यस रथ यात्रामा आफ्नो जतिको पहिचा झल्काउनु पर्छ भन्ने लग्यो। समुदाय संग सलाहा गरि उक्त दिने निकाल्ने झाँकीमा आफ्नो जातीय पहिचानलाई कायम राख्दै आफ्नो जातिको पह्चनलाई स्थापित गर्न झाँकी निकालिने ठाकुरले बताउनु भयो।

हामी विश्वकर्मा बाबाका सन्तान हो विश्वकर्म बाबाले रचना गर्दा जे जे गर्नु भयो सो कुरा झाँकी मार्फत बाहिर ल्याउछौं उहाँले बताउनुभयो। विश्वकर्मा बाबाको वाहन हात्तीको मुर्ति बनाउनुका साथै ८० मन को हम्बर र ८५ मको निहाई राख्ने र निर्माण कार्य आन्तिम चरण मा पुगी सकेको कुरा ठाकुरले बताउनुभयो।

विश्वकर्मा बाबा को रुपमा विराटनगर का जादुगर विनोद दुगडलाई प्रस्तुत गरिने र यस पटक नयाँ सोचका साथ राधा कृष्ण रथ यात्रा संचालन गरिने दामी ठाकुरले गर्नु भयो।

प्रकाशित मिति: २०२३-०९-०४ , समय : २३:११:११ , ८ महिना अगाडि

error: Content is protected !!