२१ बैशाख २०८१, शुक्रबार
2024-05-03

पहिलो पटक राधा कृष्ण रथ यात्रामा बाबा विश्वकर्माको झाँकी

कोशी प्रदेश सम्वाददाता

विराटनगर। विराटनगरमा राधा कृष्ण रथ यात्रामा विश्वकर्मा समुदायले बाबा विश्वकर्माको झाँकी निकालिने भएको छ।

एसिया कै दोश्रो ठुलो रथ यात्रा राधा कृष्ण रथ यात्रा विभिन्न संघ संस्था, समुदाय,संगठन ,मण्डली लगायतकाले मान्छेलाई राधा कृष्णको स्वरुप जोडी बनाई आफ्नो संस्कृति पहिचान खुल्ने गरि झाँकी निकालिने गरिन्थ्यो र निकालिने छ।

विश्वकर्मा समुदायले पहिलो पटक निकालिने झाक्रीमा मान्छेलाई राधा कृष्णको स्वरुप जोडी नबनाई बाबा विश्वकर्माको स्वरुप बनाई निकालिने भएको हो। राधा कृष्णको रथ यात्रामा बाबा विश्वकर्माको झाँकी निकालिनु आश्चर्य मानिएको छ।

यस विषयमा विश्वकर्मा झाँकीका अध्यक्ष एवं राधा कृष्ण रथ यात्रा समाहरो समितिका सह-संयोजक भरत ठाकुर संग जिज्ञासा राख्दा विश्वकर्मा समुदायको पहिचानको लागि बाबा विश्वकर्माको स्वरुप बनाई झाक्री निकाल्न लागेको बताउनुभयो।

विराटनगर परिक्रमा गरिने राधा कृष्ण रथलाई बनाउने सजाउने काम २६ वर्ष देखि आफुले गर्दै आइरहेको ठाकुरले बताउनु भयो। यो २६ वर्षको अनुभवले आफ्नो जातिको पहिचान स्थापित गर्न बाबा विश्वकर्माको झाँकी निकाल्न लागेको हो।

हामी विश्वकर्मा समुदाय बाबा विश्वकर्माको सन्तान हो। हाम्रो रोजी रोटी यसै बाट चल्नै गरिन्छ। बाबा विश्वकर्माले रचना गरेको कुरा झाँकी बाट बाहिर ल्याउने ठाकुरले बताउनु भयो।

विराटनगरका जादुगर विनोद दुगडलाई बाबा विश्वकर्माको रुपमा प्रस्तुत गर्ने, विश्वकर्मा बाबाको वाहन हात्तीको मुर्ति बनाउनुका साथै ८० मन को हम्बर र ८५ मनको निहाई राख्ने र निर्माण कार्य सम्पन्न भएको कुरा ठाकुरले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०९-०७ , समय : ००:२५:१७ , ८ महिना अगाडि

error: Content is protected !!