०४ बैशाख २०८१, मंगलबार
2024-04-16

सुनसरीमा प्रहरी माथि आक्रमण ! प्रहरीको कुरा शंकास्पद ।

कोशी प्रदेश सम्वाददाता

तस्विर : अरवीन्द कुमार मेहता

विराटनगर। सुनसरीको बर्जुमा प्रहरी माथि केहि समुहले आक्रमण गरेका छन्। बर्जु गाउँ पालिका वडा नम्बर १ नजिक रहेको शुक्रबारे हाट  रिङ्ग रोड नेरी सादा पोसाकमा खटिएका प्रहरी माथि आक्रमण गरेका हुन्।

विहिबार २१ गते राती अन्दाजी ११ बजे तिर इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको सादा पोसाकका प्रहरीहरु विमन परियार र प्रेम चौधरी माथि उक्त समुहले आक्रमण गरेको छ।

आक्रमणबाट परियारको टाउँकोमा चोट लागेको थियो। आक्रमण गर्ने व्यक्ति अवैध कारोवार गर्ने समुह भएको हुन् सक्ने आशंका गरिएको छ। उक्त समुहले प्रहरी संग रहेको बन्दुक तेस्मा प्रयोग हुने गोलि समेत लुटेर लगेको हुन् सक्ने आशंका गर्न थालिएको छ।

राती ११ बजे सादा पोसाकका प्रहरी २ जनालाई मात्र किन खटाइयो यो विषय कालान्तरमा खोजीको विषय बन्ने देखिएको छ। उक्त घटनाको बारेमा इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक संग जिज्ञासा राख्दा घटना भएको कुरालाई स्वीकार गर्दै सबै कुरा आफुले बताउन नसक्ने भन्नु हुँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझ्न आग्रह गर्नु भयो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सह प्रवक्ता रोमन आर्याल संग यस विषयमा जिज्ञासा राख्दा स्ट्रिंग अप्रेशनको लागि प्रहरीलाई उक्त स्थानमा पठाइएको बताउनु भयो।

त्यहाँ प्रहरी माथि गोली चलेको होइन प्रहरी माथि हात पात भएको हो भन्नु हुँदै उक्त स्थानमा गोलीको खोखा समेत फेला परेको बताउनुभयो। यस विषयमा कार्यालयबाट अनुसन्धान भइ रहेको हुँदा अनुसन्धान नसकिए सम्म सबै कुरा थाहा हुन् नसकिने बताउनुभयो।

उक्त घटनामा संगलन भएको आशंकामा मोरङ जिल्ला बुढी गंगा गाउँ पालिकाका ६ जना व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिसकेको छ। घटनाको विषयमा थप अनुसन्धान गर्नको लागि प्रहरीले नाम गोप्य राखेको छ। उनिहरुबाट अनुसन्धान गर्दै जादा त्यस घटनामा ठुले समुहको सहभागिता रहने सम्भावना बढ्दै गएको छ।

प्रकाशित मिति: २०२३-०९-१० , समय : ०९:४५:०७ , ७ महिना अगाडि

error: Content is protected !!