०८ आषाढ २०८१, शुक्रबार
2024-06-21

प्रहरी माथि आक्रमण गर्ने समुह सहित मोटरसाइकल चोरी गर्ने देवानगञ्जका मेहता पक्राउ

कोशी प्रदेश सम्वाददाता

विराटनगर। प्रहरी माथि आक्रमण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको बर्जु गाउँ पालिका वडा नम्बर १ र मोरङको विराटनगर महानगर पालिका वडा नम्बर ५ को सिमा क्षेत्र नजिक रिङ्ग रोडमा सादा पोसाकमा खटिएका प्रहरी माथि आक्रमण गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेमा सुनसरी जिल्ला दुहबी नगर पालिका वडा नम्बर १ बस्ने अन्दाजी वर्ष ३२ को नसुदिन मियाँ ,सोहि वडामा बस्ने वर्ष ३० को अलिय मुर्तुजा ,मोरङ जिल्ला बुढी गंगा गाउँ पालिका वडा नम्बर ४ बस्ने ४ बस्ने वर्ष ४० को रिजवान मियाँ ,भारत घर भइ हाल सुनसरी जिल्ला दुहबी नगर पालिका वडा नम्बर ६ बस्ने वर्ष ४० को मोहमद आलम ,बुढी गंगा वडा नम्बर ५ बस्ने वर्ष २५ को नजरुल मियाँ रहेका छन्।

निजहरुले इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट स्ट्रीङ्ग अप्रेशनमा खटिएका सादा पोसाकका प्रहरी बिमन परियार र प्रेम चौधरीलाई आक्रमण गरेका थिए । सो समयमा आक्रमणकारीले प्रहरीको साथमा साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए।

विगत केहि समय देखि मोरङ तथा सुनसरी जिल्लाको विभिन्न स्थानहरुमा रातको समयमा एकान्तको फाइदा उठाउदै बाटो ढुकी योजना वद्ध रुपमा कटुवा पेस्तोल ,रड,लाठि लगायत घरेलु हात हतियार देखाई कुटपिट गर्दै ज्यान मार्ने धम्कि दिई लुटपाट गर्ने गरेको भनि विभिन्न व्यक्तिबाट उजुरी आए पछि प्रहरीले विशेष अप्रेशन अन्तर्गत टोलि गठन गरि इलाका प्रहरी कार्यालय दुहबी समेतको समन्वयनमा उक्त विशेष अप्रेशन संचालन गरेको कुरा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले बताउनुभयो।

भदो २२ गते राति आन्दाजी ११ :४५ बजे बुढी गंगा वडा नम्बर ५ कोहलपुर क्षेत्रको नहर सडक मा शंकास्पद रुपमा हिडी रहेका ६ जनालाई नियन्त्रणमा लिएको हो। उक्त क्षेत्र भित्र ३ जना पैदल यात्रीलाई लुटपाट गर्न खोजेको भनि प्रहरी कन्ट्रोलमा सुचना प्राप्त भए पछि प्रहरी टोलि परिचालन गरि निजहरुलाई नियन्त्रणमा लिएको बताइन्छ।

अनुसन्धान गर्दै जादा निजहरुले शृंखला बद्धका साथ विभिन्न समयमा लुटपाट गरेको खुल्न आएको छ। निजहरुबाट ठूलो चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल, १ लाख ७५ हजार बढी नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ, डलर, सुनको जस्तो देखिने झुम्का र तिलहरी, चाँदीको जस्तो देखिने पाउजू र सिक्री लगायतका विभिन्न सामान बरामद गरिएको छ।

यसै गरी चोरीको मोटर साइकल सहित सुनसरी देवानगञ्ज गाउँ पालिका वडा नम्बर १ बस्ने वर्ष २३ को सरोज कुमार मेहताको नाम मा सम्मानित सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएको मा निजलाई विराटनगर महा नगर पालिका वडा नम्बर ५ बाट चोरीको होन्डा साइन मोटर साइकल एक थान ,मोटर साइकल चोरीमा प्रयोग गर्ने ओजर मास्टर किई एक थान सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको कुरा मोरङ प्रहरी प्रमुख पोखरेलले बताउनुभयो।

यसरी नै अबैध भारतीय रुपैया सहित इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले एक जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार खगीडीया पंचैत बस्ने वर्ष ३२ को चन्दन कुमार यादव रहेका छन्। निजबाट १० लाख ५० हजार भारतीय रुपैया बरामद गरेको छ।

प्रकाशित मिति: २०२३-०९-१० , समय : २१:११:५६ , ९ महिना अगाडि

error: Content is protected !!