१७ बैशाख २०८१, सोमबार
2024-04-29

राजनीतिक आडमा उपभोक्ता समितिको ब्रहम्लुट

कोशी प्रदेश सम्वाददाता

विराटनगर। राजनीतिक आडमा उपभोक्ता समितिको नाममा ब्रहम्लुट समुहको सक्रियता बढेको छ। विराटनगर महानगर पालिका संग समन्वयन बिना नै केन्द्रिय तहबाट बजेटलाई बजेटको व्यापक दुरुपयोग गर्नुका साथै न्यून गुणस्तरको काम भई रहेको घटना बाहिर आएको छ।

विराटनगर महानगर पालिका वडा नम्बर ७ र ९ मा रहेको महावीर रोडको दुवै तर्फ सौन्दर्यकरण गर्ने नाममा भएको काम प्रति उक्त कामको लागि गरिएको उपभोक्ता समिति कै पदाधिकारीलाई कति खर्च भएको छ जानकारी छैन।

महावीर रोड उपभोक्ता समितिका सचिव दुर्गा सिंहलाई उपभोक्ता समितिमा पसे बापत कति रकम बुझाउनुभयो काम ठिक छैन लगाईएको बल काम नलाग्ने भएको छ भनि जिज्ञासा राख्दा उपभोक्ता समिति गठन गरे पनि आफुले एक पैसा नदिएको बताउनुभयो। उपभोक्ता समितिले बुझाउनु पर्ने रकम उपभोक्ता बाट उठाइएको छैन।

उपभोक्ता समितिको अध्यक्ष मुकुन्द बस्नेतलाई थाहा छ वहाँले उपभोक्ता समिति मार्फत रकम उठाउनु पर्ने रकमको बारेमा आफुलाई थाहाँ छैन। सबै काम बस्नेतले गर्नु भएको छ तर योजना अनुसार काम भएको छैन। वहाँले हिसाव दिनु भएको छैन। हिसाव बुझाए पछि मात्र आफुले बताउने कुरा भन्नु भयो।

उपभोक्ता समितिका अध्यक्ष मुकुन्द बस्नेत संग बजेट स्टिमेटको विषय र बल बल्न छोडेको विषयमा जिज्ञासा राख्दा आफु काठमाण्डौ रहेको काठमाडौंबाट आए पछि स्टिमेटको बारेमा बताउने छु भन्नुभयो।

हामीले काम गरेका छौँ महानगर पालिकालाई सहयोग गर्न भन्दा महानगर पालिकाले सहयोग गरेन। तपाईहरु नेपाली काँग्रेसका प्रभाव शालि कोशी परदेशका संसद बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा भएको गुणस्तर हिन कामको बारेमा बोल्नु हुदैन खाली हाम्रो कामलाई ध्यान दिनु हुन्छ भन्नु भयो।

तर बस्नेत विराटनगर आए पनि सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनु भएन। विराटनगर महानगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष मधु बाबु तिवारी संग वहाँ कै क्षेत्रमा भएको कामको बारे जिज्ञासा राख्दा मुकुन्द बस्नेतले सौन्दर्यकारण गराउने हाम्रो योजना छ स्थान दिनु भनेको स्थान दिएका हौँ। त्यसपछि काम के भो लागत के कति थियो भन्ने विषयमा आफुलाई केहि थाहा छैन।

त्यसपछि वहाँले हामी संग सम्पर्क गर्नु भएको छैन यस विषयमा आफुले बुझ्ने बताउनुभयो। उपभोक्ता समितिको नाम लागत मूल्य उपभोक्ता समितिले बुझाउने रकमको बारेमा काम सकिने दुई दिन अगाडी राखिएकोमा दुई दिन पछि हटाएको कुरा स्थानीय व्यापारीले बताएका छन् ।

यस तर्फ विराटनगर महानगर पालिका र सम्बन्धित निकायको ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२३-०९-११ , समय : १०:२३:५६ , ८ महिना अगाडि

error: Content is protected !!