१२ जेठ २०८१, शनिबार
2024-05-25

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थय विमा कार्ड वितरण

सुरेन्द्र कुशवाहा

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निशुल्क स्वास्थय विमा कार्ड वितरण गरेका छन। गाउँपालिकाले चोथो पटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरिएको हो।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आइतबार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको योजना गरेर १ सय ९० जना घरपरिवारका सदस्यहरु लाई निशुल्क स्वास्थय विमा कार्ड वितरण गरिएको गाउँपालिका स्वास्थय संयोजक असफाक आलमले जानकारी दिनु भएको छ । पालिकाले आर्थिक बर्ष २०८०/८१ को बजेटमा १ हजार घरपरिवारको निशुल्क स्वास्थ विमा गराउने भएका छन।

स्वास्थय विमा कार्ड वितरण कार्यक्रमका अध्यक्ष भोक्रहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तरले स्वास्थय उपचार हुन बाट कोइ पनि बन्चित नहोस् । कसैको उपचार नभर अकालमा मृत्यु हुनु हुदैन। भन्ने नै हाम्रो मुख्य उदेश्य रहेको छ । भने हाम्रो भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थय ,शिक्षा र कृषि लाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष आजादले बताउनु भयो।

कार्यक्रममा नेपाल सरकारका पुर्व अर्थ मन्त्री तथा सन्चार एवम सुचना मन्त्री ज्ञानेन्द्र बाहदुर कार्की कोशी प्रदेश सान्सद इसराइल मन्सुरी ,सदानन्द मण्डल ,भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे ,उपाध्यक्ष सुनिता उराँव , वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी ,स्वास्थय शाखाका हिरा लाल साह लगायत स्वास्थय विमितहरुको उपस्थिति रहेकोे थियो ।

प्रकाशित मिति: २०२३-०९-१२ , समय : ०८:२१:०१ , ९ महिना अगाडि

error: Content is protected !!