१७ बैशाख २०८१, सोमबार
2024-04-29

विराटनगरमा राति बत्ती नबल्ने सौन्दर्यकरण

कोशी प्रदेश सम्वाददाता

विराटनगर। सौन्दर्यकरणको नाममा गरिएको काम सन्तोष जनक हुन् सकेको छैन।

विराटनगर महानगर पालिका वडा नम्बर ७ र ९ मा रहेको महावीर रोद सडकको कलि मन्दिर छेउको सडकमा रहेको छेउमा लगाईएको सौन्दर्यकरणको पोल र पोलमा लगाईएको बत्तीको अवस्था हेर्दा विकाशको नाममा बालुवामा पनि हाले सरह भएको छ। मुकुन्द बस्नेत सभापति रहेको महावीर रोद सडक उपभोक्ता समिति गठन गर्दा स्थायीवासिन्दाबाट  रकम उठाउनु पर्नेमा रकम नउठाईएको ठेकेदारलाई सम्पूर्ण जिम्मा दिएको हुँदा काम गुणस्तरीय हुन नसकेको हो।

स्थानीय जनताबाट उक्त काम गर्नको लागि ९ लाख ३९ हजार ८६३ रुपैयाँ उठाउनु पर्नेमा उक्त रकम नउठाई ठेकदारलाई जिम्मा दिएको कारण उक्त योजना टुहुरो बनेको र टुहुरो भएको कारण लापरबाही भएको हुनु पर्ने आशंका सर्वत्र गर्न थालिएको छ। एउटा सानो पोलमा लाईट पाईप विजुली सनेको ढलान गरेको फित गर्दा ५७८० / खर्च भएको छ। तर २४ वटा सानो पोलमा जडान गरिएको बल बल्न छोडेको छ। तार मै कैफियत भएको कारण बल बल्न नसकेको अनुमान गर्न थालिएको छ।

यसलाई आधार मान्दा ९ लाख ४७ हजार ७५० खेर गएको बताइन्छ। अन्य सानो पोलमा लगाएको बल बल्न छोड्न क्रम जारि रहेको छ। उपभोक्ता समिति गठन गरे पछि सूचना सार्वजनिक गर्दै योजनाको कुल लागत समेत उल्लेख गरि सर्वाजैक गर्नु पर्नेमा अनुगमन आएको दिम सार्वजनिक गरेको र त्यस पछि आफुले नदेखेको प्रत्यक्ष दर्शी रोहण साहले बताएका छन।

प्रकाशित मिति: २०२३-०९-१४ , समय : २१:२९:१७ , ८ महिना अगाडि

error: Content is protected !!