२० बैशाख २०८१, बिहिबार
2024-05-02

श्री गणेश चतुर्थी महोत्सवमा १०१ किलोको लड्डु अर्पण गर्दै

चन्दन रौनियार

दुहबी । सुनसरीको दुहवीमा १०१ किलोको लड्डु अर्पण गर्दै छैठौं श्री गणेश चतुर्थी महोत्सव मनाउने भएका छन।

दुहवी नगरपालिका वडा नं. ५ स्थित एभरेष्ट बैंक छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा असोज २ गते देखि ४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रंजित गोश्वामीले जानकारी दिएका छन

दुहबी नगरपालिका वडा नं. ५ मा विगत वर्ष झै मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पुजा समिति दुहवीका समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।
गणेश पुजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाले यहि असोज २ गते मङलवारका दिन पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने साथै दुइ दिन सम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने वताए ।

मुन्धडाले सो महोत्सवमा आकर्षकको रुपमा १०१ केजीको लड्डु र भारतको कोलकताकी नेहा सिंह राजपुत साथै बिहार कटिहारका धिरज सिंह राजपुत र नेपालका तिन कलाकार गरी पाँच जना ख्याती प्राप्त कलाकारहरुबाट कला प्रस्तुत गर्ने जानकारी गराए ।


दुहवीमा पाचौं पटक आयोजना हुन गईहरेको महोत्सवमा आयोजकले ५ देखि १० हजार भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ । उक्त महोत्सवलाई सफल गराउन महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नकालागि राकेश मुन्दडा, आयुश अग्रवाल, मोनु कुमार साह, रितेश साह, सुरज शाह, अभिषेक शाह, रञ्जित गोस्वामी लगायत १०० देखि १५० जना युवा स्वयमसेवकहरुले अहोरात्र खटने बताए ।
उक्त श्री गणेश चतुर्थी महोत्सव असोज४गते बिहिवारका दिन दुहवी नगर परिक्रमा गरेर दुहवीको बुढीखोलामा मुर्ती बिर्षजन हुने आयोजकले जनाएको छ ।

शनिबार भएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दुहवी प्रतिनिधि पुस्षा कार्की , शशस्त्र प्रहरी बल दुहवीका स.प्र.नि रबि थापा, ट्राफिक प्रहरी पोष्ट दुहवी ईन्चार्ज (सई)जोगेन्द्र प्रधान , दुहवी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, समाजसेवी, विभिन्न मिडियामा आबद्ध पत्रकार साथीहरु लगाउत दुहवीका युवाहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-१७ , समय : १०:५८:२३ , ८ महिना अगाडि

error: Content is protected !!