१७ बैशाख २०८१, सोमबार
2024-04-29

सौरभ फुड प्रोडक्सको चामलमा घुन मिसावट ! कसरी ५ महिना मै चामल भित्र घुन पस्यो ?

कोशी प्रदेश सम्वाददाता

विराटनगर। सौरभ फुड प्रोडक्स प्रा. लि. छाता पिपरा बारा द्वारा बजारमा ल्याईएको चामलमा कैफियत निस्कन थालेको छ। अन्य उद्योगले चार्ड पर्वको बेलामा नयाँ नयाँ योजना ल्याए पछि यो उद्योगले अनौठो खालको योजना अगाडी सारेको छ।

यस प्रा. लि. द्वारा बजारमा ल्याएको जिरा मसिना ,शक्तिभोग चामलमा घुन मिसाएर बजार ल्याउने गरेको पाएको छ। B.No. ४६ W.F.G. २०७९/१२/०६ मा पेकिङ्ग गरिएको भनिएको चामलमा घुन फेला परे पछि उद्योगले दाबी गरेको कुरा एउटा उपभोक्तालाई ठग्ने माध्यम मात्र बनेको छ। प्रा. लि. द्वारा पेकिङ्ग गरिएको चामलको बोरामा पेकिङ्ग गरेको २४ महिना सम्मम केहि हुदैन भनिएको छ तर पेकिङ्ग गरि बजारमा पठाईएको चामलमा घुन कसरि भेटियो त यस बिषयमा पसल संचालक पनि अलमलमा परेका छन्।

के. एल. दुगड ग्रुप द्वारा संचालित उक्त प्रालि बाट बजारमा ल्याइएको चामलमा खराबी फेला पर्नुलाई सबैले आश्चर्य मानेका छन्। उक्त प्रा. लि. द्वारा बजारमा ल्याइएको चामल हेर्ने र यसको जिम्मेवारी पाउनु भएका बिनोद डाँगा संग यस बिषयमा जिज्ञासा राख्दा चामलमा घुन हुन् सक्दैन यदि छ भने चामल ल्याएमा आर्को चामल दिने बताउनु भयो। पसलले चामल राम्रो संग नराखेको कारण चामल भित्र घुन पस्न सक्छ भन्नु भयो। तर प्रालिले आफुले बजारमा ल्याइएको चामलको उपभोग गर्न अवधि २४ महिना उल्लेख गरिए पछि कसरी ५ महिना मै चामल भित्र घुन पस्यो यस तर्फ प्रालिले ध्यान दिन सकेको छैन।

प्राय अन्य उद्योगले पेकिङ्ग गरेको मितिले उपयोग गर्ने अबधि १ वर्ष लेख्छन् तर यसले २ वर्ष लेखेको छ। यसलाई हेर्दा वास्तविक कुरा के हो सरोकारवाला निकायको ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२३-०९-१९ , समय : १२:२६:२९ , ७ महिना अगाडि

error: Content is protected !!