१७ बैशाख २०८१, सोमबार
2024-04-29

एनआइसी एसिया बैंकका एक मैनेजर माथी करोडौं ठगिको आरोप

अभिमनु पटेल / मदेश प्रदेश

 रौतहट । रौतहटको एक बैंकका मैनेजरले तिन जना व्यापारीलाई रिऋ दिलाई करोडौं रकम ठगि गरेको आरोप लागेको छ । एनआइसी एसिया बैंक गरुडा शाखाका मैनेजर अमोद गुप्ता र चन्द्रपुर नपा–८ का धिरेन्द्र झाले दुबै जना मिलि आफुहरु ठगि गरेको पीडितहरुले आरोप लगाएका छन् ।

रौतहटको गौर स्थित रहेको रिपोर्टर्स क्लव नेपालको कार्यालयमा पीडितहरुले आइतवार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन । गुप्ता र झाबाट आफुहरु नराम्ररी ठगिएको भन्दै दुर्गाभगवति गाउँपालिका–१ का अशोक कुमार, चन्द्रपुर नगरपालिका–१० का विश्वनाथ साह तेली र कटहरिया नपा–४ का मनोज गिरिले तिनै जना आइतवार जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगि सम्बन्धी जाहेरी दिएका छन् ।

अशोक कुमारले गत माघ महिनामा एनआइसी एसिया बैंक गरुडाबाट अशोक एग्रिकल्चर प्राइबेट लिमिटेडको नाममा ४ करोड ७५ लाख रुपैया रिऋ अर्थात कर्जा लिएका थिए । त्यसपछि बैंकका मैनेजर गुप्ता र झाले आफुसंग ८५ लाख रुपैयाँ साप्टी लिएको अशोक कुमारले बताएका छन् । केहि दिनमै सो पैसा फिर्ता गरिदिने शर्तमा आफुसंग उनिहरुले बलैंक चेक मार्फत ८५ लाख रुपैया साप्टी लिएको र अहिले सो पैसा माग्दा उनिहरु पैसा दिन नचाहेको अशोकको आरोप छ ।

त्यस्तै अर्का व्यापारी विश्वनाथ साह तेलीले सोही बैंकबाट ३ करोड २० लाख रुपैया रिऋ लिएका थिए । रिऋ लिएको केहिदिन पछि बैंकका मैनेजर गुप्ता र झाले आफुसंग ७० लाख रुपैया साप्टी लिएको साहले बताएका छन् । गुप्ता र झाले आफुसंग ७० लाख रुपैया साप्टी लिएपनि अहिले सो पैसा नदिने नियतले विभिन्न बखेडा झिकेपछि आफु ठुलो समस्यामा परेको साहले उजुरीमा उल्लेख गरेका छन् । अर्का व्यापारी मनोज गिरिले सोही बैंकबाट २ करोड ५ लाख रुपैया रिऋ लिएका थिए । रिऋ लिएको केहिदिन पछि बैंकका मैनेजर गुप्ता र झाले आफुसंग ५० लाख रुपैया साप्टी लिएको गिरिले बताए ।

गुप्ता र झाले आफुसंग लिएको उक्त साप्टी पैसा फिर्ता गर्न नचाहेको र पैसा माग्दा तेरो पैसा लिएकै छैन भन्ने जवाफ दिएपछि न्यायका लागि आफुहरुले जिल्ला प्रहरी कार्यालय गौरमा दुबै जना विरुद्ध जाहेरी दिएको गिरिले बताए । तपाईहरुको पैसा हामि उपयुक्त क्षेत्रमा लगानी गर्छौ र सो लगानीबाट हुने बढी मुनाफा तपाईहरुलाई नै दिन्छु भनि हामिलाई विश्वास दिलाएपछि हामिहरुले दुबै जनालाई पालैपालो गरी मागेको जति साप्टी दिएको पीडित तिनै जनाले जाहेरीमा खुल्लाएका छन् ।

दुबै जनाले रकम उल्लेख नभएको सादा चेकमा आफुहरुसंग हस्ताक्षर गराएर बलैंक चेक मार्फत अरु अरु व्यक्तिको नाममा आफुहरुको खाताबाट उक्त साप्टी वापतको रकम झिकेको समेत उनिहरुले उल्लेख गरेका छन् । आफुहरुसंग साप्टी वापतको लिएको रकम फिर्ता गर्न भन्दा गुप्ता र झाले तपाईहरुको पैसा दिदैनौ जहा गएर खोज्नुछ खोज हामि बैंकको कर्मचारी हो कानुन लाग्दैन भनि अन्यायपूर्ण जवाफ दिई आफुलाइ ठगि गरेको तथा कानुन विपरीतको कार्य गरेको भन्दै तिनै जनाले विपक्षीहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गर्न माग गर्दै जाहेरी दिएको बताएका छन् ।

प्रकाशित मिति: २०२३-०९-२० , समय : ११:४९:१४ , ७ महिना अगाडि

error: Content is protected !!