२१ बैशाख २०८१, शुक्रबार
2024-05-03

ब्रेन हेमोरेज किन हुन्छ ? यसका कारणहरू

Aarya News

एजेन्सी । ब्रेन हेमोरेज हुँदा दिमागको नसा फुट्ने गर्छ जो एउटा स्वास्थ्य सम्बन्धी गम्भीर समस्या हो । आउनुहोस् जानौं ब्रेन हेमोरेज हुनुका पछाडि आम तथा सामान्य कारण के के पर्दछन् ।

ब्रेन हेमोरेजको समस्या आर्टरी यानिकी शरीरको सबै अंगहरुमा रगत पुर्‍याउने नली ड्यामेज भएको खण्डमा हुन्छ । टाउकोमा चोट लाग्नु ब्रेन हेमोरेज हुनुको एउटा आम कारण हो । टाउकोमा लागेको चोटले नसालाई नोक्सान पुर्‍यायो भने ब्रेन हेमोरेजको सम्भावना बढ्छ ।
त्यस्तै उच्च रक्तचापको समस्यामा पनि ब्रेन हेमोरेज हुने खतरा रहन्छ । उच्च रक्तचापको कारणले रगतको प्रवाह तीव्र हुन्छ जसले दिमागको नसालाई नोक्सान पुर्‍याउन सक्छ । जसले गर्दा ब्रेन हेमोरेजको समस्या हुन्छ ।
धमनीहरु सुन्निने समस्यामा पनि यसको बाहिरी हिस्सा कमजोर हुन थाल्छ जसले गर्दा ब्रेन हेमोरेजको सम्भावना बढ्छ । दिमागको रगत प्रवाहसँग जोडिएका कुनै पनि समस्या ब्रेन हेमरेजको कारण बन्न सक्छ । रक्तसञ्चार खराब हुनु वा बन्द हुनु पनि ब्रेन हेमोरेज हुने सबैभन्दा ठूलो कारण हो ।

रगतसँग जोडिएका कुनै पनि प्रकारका रोग जस्तै प्लेटलेट्सको कमी, स्किल सेल एनीमियाको समस्या, हीमोफिलियाको समस्या भएको व्यक्तिमा पनि ब्रेन हेमोरेजको समस्या हुन सक्छ ।

त्यस्तै अर्को कारण छ मस्तिष्कमा ट्यूमरको समस्या पनि ब्रेन हेमोरेजको कारण बन्न सक्छ । ट्यूमर बढेर नसालाई ब्लक गर्न सक्छ जसले गर्दा रगत प्रवाहमा बाधा उत्पन्न हुन्छ । यही कारणले गर्दा ब्रेन हेमोरेज हुने खतरा बढेर जान्छ ।

प्रकाशित मिति: २०२३-०९-२१ , समय : ०८:३१:५४ , ७ महिना अगाडि

error: Content is protected !!