२१ बैशाख २०८१, शुक्रबार
2024-05-03

उपसचिव यादवलाई सामान्य प्रशासनमा ‘नो इन्ट्री’

Aarya News

देवानगञ्ज । अनेकन बदनामी प्रकरणमा जोडिएका उपसचिव तेजनारायण यादवको सामान्य प्रशासनमा जम्प गर्ने योजना अन्तत तुहिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सामान्य प्रशासनमा जानका लागि अनेकन प्रयास गरिरहेका यादवको सपना मुरलीधरले गाएको गीत झैं हावाले सबै सपना उडाएको छ ।

गत २८ भदौंमा इकर्मचारी डटकमले सामान्यको कर्मचारी प्रशासन ताक्दै बदनाम उपसचिव यादव शीर्षकमा समाचार प्रकाशन भएसँगै उक्त समाचारको प्रभावले यादवले सामान्य प्रशासन जाने सपना तुहिएको हो ।

इकर्मचारीले यातायात कार्यालय एकान्तकुनाको प्रमुख हुँदा भ्रष्टाचार मुद्धा परेर निलम्बनमा परेका उनै यादव जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सामान्य प्रशासनमा जम्प गर्ने तयारी गरिरहेका बिषयमा समाचार प्रकाशन गरेको थियो ।

यी तिनै हाकिम हुन,जो यातायात कार्यालय एकान्तकुनाको प्रमुख हुँदा “ट्रायल फेल” भएका २ सय ४ जनालाई लाइसेन्स दिएको अभियोगमा तात्कालिन प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । तर, विशेष अदालतले ०७७ फागुन १७ गते अदालतबाट सफाई पाएपछि पुन खटिएका थिए,यातायात कार्यालय बुटवलमा ।

त्यहाँ पनि उस्तै बदमासी जारी राखे । तत्कालीन सचिव कुमार दाहालले उनको बदमासी थाहा पाएर सरुवा गर्न खोजे तर पावरवाला हाकिमले उल्टै प्रदेश सचिव कुमार दाहालकै सरुवा गराइदिए ।

त्यहाँबाट सरुवा भएर गत ०७९ चैतमा राजस्व अनुसन्धान कार्यालय पथलैयाको प्रमुखको रुपमा कार्यरत रहँदा राजस्व चुहावट र छलिलाई नियन्त्रण गर्नु भन्दा प्रोत्साहन र संरक्षण गरेको आरोप उनकै सहकर्मीहरुले आरोप लगाउँदै आएका छन् । केही समयदेखि यादव प्रधानमन्त्री कार्यालयमा छन् । उनी सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखामा जम्प गर्न खोज्दैछन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले उपसचिव यादवले सामान्य प्रशासनमा आउनका लागि बल गरिरहेको भए पनि इकर्मचारी डटकममा समाचार प्रकाशन भएसँगै अब उनका लागि सामान्यको ‘ढोका बन्द’भएको प्रतिक्रिया दिएका छन्।

eKarmchari

प्रकाशित मिति: २०२३-०९-२१ , समय : १०:४२:०० , ७ महिना अगाडि

error: Content is protected !!