सर्लाही । सर्लाहीको बलरा नगरपालिका जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
बलरा नगरपालिका वार्ड न.१ मिर्जा हथिऔलमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा १ सय भन्दा बढी कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेको आयोजकले जनाएको हो ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि जनमत पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य तथा जिल्ला ईन्चार्ज श्रीचन यादवले फुलको माला र अबिर लगाएर स्वागत गरेको छ ।
जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत संगठन गठन, पुर्न गठन तथा पार्टी प्रवेश सहितको सदस्यता वितरण कार्यक्रम जिल्लाका २० वटा स्थानीय तहका ११० वार्डमा सम्पन्न भएको र ९० वटा वार्डमा बाँकी रहेको जनमत पार्टीले जनाएको छ ।
हालसम्म यो अभियान अन्तर्गत ११० वार्डमा १२ हजार ३७५ जना जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीको जिल्ला कमिटीको तथ्यांकमा उल्लेख छ ।
यो अभियान जेठ २३ गतेदेखी बलरा नगरपालिका ११ बाट सुरु गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज श्रीचनले यादव जिल्लामा जनमत पार्टीको संगठन गठन, पुर्न गठन तथा पार्टी प्रवेश कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागीता रहेकोमा खुशी व्यक्त गरे । उहाँले मधेस र मधेसीको पहिचान सहितको समानुपातिक समावेशी, राष्ट्रियता तथा मधेस मुक्तिका लागि जनमत पार्टीको विकल्प नरेहो उहाँले दाबी गरे ।
कार्यक्रम सन्चालन प्रदेश कमिटी सदस्य तथा वरिष्ठ मण्डल जिल्ला सल्लाहकार नन्दकिशोर महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई गुड्डु पटेलले सन्चालन गरेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य सन्जय कुमार सिंह, क्षेत्र न.४ प्रतिनिधि सभा प्रत्याशी हरिन्न्दन यादव, महिला नेतृ आरति साह, पार्टीका नेता पार्टी कार्यकर्ता सहित २५ सय भन्दा बढी व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको हो ।
प्रकाशित मिति: २०२३-०९-२२ , समय : २१:२५:४१ , १ वर्ष अगाडि