१७ बैशाख २०८१, सोमबार
2024-04-29

राजश्व संकलनमा सुरक्षा निकाय कै नियत खराब

कोशी प्रदेश सम्वाददाता

विराटनगर। जोगवनी बजारबाट सामान किनेर ल्याउदा एक सय भन्दा बढी को सामान ल्याएमा राजश्व तिर्नु पर्ने कुराको जानकारी विराटगर भन्सार कार्यलयले दैनिक दिने गरेको छ।

सुरक्षा निकायले उक्त जानकारीलाई सफल पार्न चलेका कदमहरुले बेला बखतमा विवादीत बन्दै गएका छन्। त्यहाँ कार्यरत सशस्त्र प्रहरीको टोलिले जोगवनीबाट सामान ल्याउदा भन्सार रजश्वन नतिरेको भन्दै सामान नियन्त्रणमा लिई आफु संग राख्ने काम गर्दै आएका छन्। यसरी राखिएको सामानमध्ये ८० प्रतिसत सामान राजश्व नतिराइकन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउने र २० प्रतिसत कार्यालयमा लागि अनुकुल हेरी विराटनगर भन्सार कार्यालयमा बुझाउने गरेका छन्।

विहिबार र शुक्रबार सशस्त्र प्रहरीले कार्य क्षेत्रमा काम गर्दा जुन प्रकारले सामान नियन्त्रणमा लिएको थियो। सामान कार्यालय लादा नियन्त्रणमा लिएको भन्दा १० प्रतिसत पति लगाएको पाइएन यसलाई हेर्दा उक्त दिनको कार्य क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बलका इन्चार्जको नियत नै खराब रहेको अनुमान सबैले गरेका थिए।

सबैलाई एउटै तराजुमा तोलिनु हुँदैन तर एउटाले गर्दा अरु प्रति हेर्ने दृष्टकोणमा एउटै देखिनै गरेको छ। त्यहाँ रहेको यात्रु शाखाबाट राजशा तिरेर सामानहरु विराटनगर तर्फ आउने क्रम पनि जारी नै छ। श्रावन महिनामा ४६ ,०८,५८० /र भदौ महिनामा ५२ ,२८ ,४०६ /रुपैयाँ राजश्व उठेको कुरा विराटनगर भन्सार कार्यलयले रानीका सुचना अधिकृत परशु राम दाहालले बताउनुभयो। सशस्त्र प्रहरी द्वारा कार्यक्षेत्रमा खटिदा नियन्त्रणमा लिएको सामानहरु मध्ये केहि सामान सशस्त्र प्रहरी बल टंकी र रानीका घुमुवाको निर्देशनमा छोडी दिने गरेको समेत पाइएको व्यापारी बताउछ।

प्रकाशित मिति: २०२३-०९-२३ , समय : २१:०८:१५ , ७ महिना अगाडि

error: Content is protected !!