२३ बैशाख २०८१, आइतबार
2024-05-05

सनातन हिन्दु धर्म माथि सरकारको आक्रमण ! ॐ शब्द संग किन डराउँछ ?

राजीव कुशवाहा

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकार नेपाली शब्द कोषमा रहेको केहि शब्द संग डराई रहेको छ। नेपाली शब्द कोषमा रहेको शब्दलाई नेपाली शब्द कोषबाट हटाउने तयारीमा वर्तमान सरकार लागि परेको छ।

शब्द प्रति कसलाई किन डर परिरहेको छ। यस तर्फ सरोकारवाला निकायहरुको ध्यान जान सकेको छैन। शब्द सनातनी शब्द हो। परिवार धेरै धर्म जात जति संस्कृति रहेको छ। शब्दलाई विस्थापित गर्ने तर्फ जुन शक्ति केन्द्र लागि परेको छ। उक्त शक्ति केन्द्रले बेला बखत सनातन हिन्दु धर्म संस्कृती माथि आक्रमण गरि रहेका छन्। पश्चिमा शक्तिले आफ्नो प्रभाव जमाई रहेका छन्।

नेपालमा सानै देखि विद्यालयहरुमा बाट ईश्वर भनेर पढाईने गरिन्थियो। तर अहिले विभिन्न विद्यालय र पुस्तकहरुमा बाट ईसु भनेर पुस्तक समावेश गरि पढाउने गरिन्छ। पश्चिमा शक्तिको एजेन्टको रुपमा काम गर्न खोलेका केन्द्र राजनेतिक दल ,मानव अधिकारवादी संघ संस्था मौन रहेका छन्। हुन् त यो भन्दा अगाडी माओवादी केन्द्र नेता समेत रहनु भएकी हिसिला धामीले नेपाल शब्द नै परिवर्तन गर्नु पर्छ भनेकी थिइन्। उक्त भनाईलाई त्यसबेला सबैले सामान्य रुपमा लिएका थिए।

नेपाली सेनाको लोगोमा रहेको त्रिशुल उक्त लोगोबाट हटाउने प्रयास समेत गरेको थियो। यसरी सनातन हिन्दु धर्मको आस्था माथि बारम्बार आक्रमण किन भई रहेको छ।

संविधान सभाबाट संविधान बनाउने नाममा सास्कीय स्वरूप समितिमा दलीय प्रतिनिधि मध्ये नेकपा एमालेका भिम रावल र राप्रपाका डा प्रकाश चन्द्र लोहनी बाहेक सबैले राष्ट्रिय झण्डा फेर्ने पक्षमा एक मत भएका थिए। तर रावल र रोहनीको अडानको कारण अहिले कायम रहेको हो। यसलाई अब दलबाट माथि उठेर नेपाललाई माया गर्नेले सोच्नु पर्ने बेला आएको छ।

राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्ने नाममा सनातन हिन्दु धर्म माथि सरकारले आक्रमण गरिरहेको छ। राष्ट्रिय परिचय पत्र बनाउदा पुरुषले टाउको माथि टोपी र निधारमा टिका लगुना नहुने र विवाहित महिलाले फोटो खिचाउदा सिन्दुर लगाउन नहुने प्रवान्धन ल्याएको छ। विवाहित महिलाको सिन्दुर पोतेलाई सौभाग्यको रुपमा मानिन्छ।

तर सरकारलाई ॐ शब्द ,ईश्वर शब्द ,सिन्दुर र टोपी प्रति किन एलजी भएको छ। यसको जवाफ सरकार पक्षका हनुमानहरु संग मांग्ने बेला आएको छ।

नेपाली नागरिकता बनाउदा भगवानका शब्दहरु भएका व्यक्तीले बनाउन नपाउने भगवानका नाम परिवर्तन गर्नु पर्ने जन्म दर्ता गर्दा पश्चिमा शब्दबाट प्रेरित भएका नाम राख्नु पर्ने भनेर नयाँ नियम बनाएमा सनातनी हिन्दु धर्म्वालिले अनोठो मान्न सक्दैन।

– विराटनगर सम्वादाता मधु सुदन ज्ञवाली र सामाजिक संजालको सहयोगमा तयार पारिएको छ ।

प्रकाशित मिति: २०२३-०९-२४ , समय : २१:१४:५४ , ७ महिना अगाडि

error: Content is protected !!