बिराटनगर जेष्ठ २४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार समूहको नयाँ नेतृत्व अध्यक्षमा नुनुलाल साह निर्वाचित भएका छन् । मानव अधिकार समूह भोक्राहा नरसिंहका अध्यक्षमा नुनुलाल साह, उपाध्यक्षमा रिजवान अंसारी, मोविन आलम र आशादेवी पौद्धार, सचिवमा सुरेन्द्र मेहता, सहसचिवमा सल्लाउद्धिन असारी, कोषाध्यक्षमा सालु कुमारी भगत भएका हुन् । सदस्यहरुमा रविन्द्र कुमार यादव, पुजा कुमारी मेहता, अहिसा खातुन , समसाद आलम र पंकज यादव, कोमलकुमारी उराँव लगायतका चयन भएको मानव अधिकार समुहका सचिव सुरेन्द्र मेहताले बताए ।सलाहकारमा सेराज हुसेन र जमालुद्धिन मंसुरीरहेको मेहताले बताए ।
प्रकाशित मिति: २०२२-०६-०७ , समय : २२:१३:०७ , २ वर्ष अगाडि