२८ बैशाख २०८१, शुक्रबार
2024-05-10

भन्सार छल्लीमा सुरक्षाकर्मी द्वारा सहजीकरण

कोशी प्रदेश सम्वाददाता

सङ्केतिक तस्विर

विराटनगर। भन्सार सुरक्षा एवं गस्तीको समेत जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल भन्सार राजश्व गुल्म रानी विराटनगरले सामान ओसार पसार गर्ने समुहलाई भन्सार छल्ने गरि सहजीकरण गर्ने गरेको छ।

जोगवनीबाट सामान किनेर ल्याउने साना व्यापारी एवं घराइसि सामान ल्याउने लाई निगरानी राख्दै आएको सशस्त्र प्रहरीको टोलि अहिले पनि विवाद मुक्त हुन् सकेको छैन। आइतबार विराटनगर भन्सार रानीमा राखिएको टोलीले केही व्यापारीलाई समस्या आउने भएपछि सामान नियन्त्रणमा लिने अनि पछि बोलाएर सामान जिम्मा लगाउने सहजी कारण गर्ने काम गरेका थिए।

इटहरीको एक कपडा व्यापारीको सामान नियन्त्रणमा लिए पछि उक्त व्यापारीको अनुहारमा कुनै निरासा थिएन। पछि ७ :३० बजे निज कपडा व्यापारीलाई फोन गरेर बोलाई सशस्त्र प्रहरी बसेको गेट बाहिर निजलाई दुइ झोला कपडा फिर्ता दिए पछि सामान ओसार पसारलाई सशस्त्र प्रहरी द्वारा संरक्षण प्राप्त भएको संकेत मिलेको छ।

यसलाई हेर्दा जति सामान नियन्त्रणमा लिएको हुन्छ ति मध्ये २० प्रतिसत सामान भन्सारमा दाखिला गर्ने गरेको अनुमान गर्न थालिएको छ। सशस्त्र प्रहरी बल रानी विराटनगर का डी एस पी संग फोनमा सम्पर्क गर्दा वहा सम्पर्कमा आउन चाहनु भए।

प्रकाशित मिति: २०२३-०९-२५ , समय : २१:२८:०४ , ८ महिना अगाडि

error: Content is protected !!