२४ बैशाख २०८१, सोमबार
2024-05-06

राठी ग्रुपले ल्यायो RATHI FIRE-X ZHFR, वाइरिङ्गको सम्पुर्ण समस्या एकै चोटिमा समाधान

Aarya News

बिराटनगर । विगत ४० बर्ष देखि विभिन्न विद्युतीय सामग्री उत्पादन गर्दै आई रहेको प्रख्यात राठी ग्रुप अन्तर्गत अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रा. लि. ले ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै RATHI FIRE-X ZHFR CABLE बजारमा ल्याएका छन् ।

वाइरिङ्ग देखि पावर केबल सम्म सबै किसिमको तार २००१ देखि उत्पादन गर्दै आइरहेको राठी ग्रुपले केही समय अघि नेपाली बजारमा पहिलो पटक RATHI FRLS CABLE लन्च गर्यो जसको गुणस्तर बारे सबै नेपाली उपभोक्तालाई अवगत नै छ ।

समयको माग अनुसार सुरक्षा र गुणस्तर लाई निरन्तरता दिदै अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रा. लि. ले नेपाली बजारमा पहिलो पटक वाइरिङ्गको सम्पूर्ण समस्याहरुको समाधानको लागि RATHI FIRE-X ZHFR CABLE ल्याएको छ । यो तार सिलीकन रबर पोलीयूराथिन बाट बनेको हुन्छ । जस्ले गर्दा यो तारमा १०५ °C तापक्रम सम्म आगो लाग्दैन संगै मुसाले समेत काट्न सक्दैन । यो तार लामो समय सम्म मजबुतिले टिकिरहन्छ । एकचोटी लगाए पछी सधै भरि ढुक्क हुने यो तार RATHI FRLS CABLE भन्दा पनि झनै सुरक्षित र मजबूत छ | RATHI FIRE-X ZHFR (ZERO HALOGEN FLAME RETARDANT) CABLE नयाँ र आधुनिक प्रविधिको संसार मै पहिलो पटक आएको केबल हो जुन धेरै तापक्रम भएको ठाउँ हरु जस्तै सिनेमा हल, फ्याक्ट्री , सुपरमार्केटहरुमा ढुक्क भएर लगाउन सकिने छ।

यस्ले समय समयमा गरिरहने दिक्कलाग्दो मर्मतको समस्याबाट समेत मुक्त गर्ने छ।

प्रकाशित मिति: २०२३-०९-२७ , समय : १२:४७:४२ , ७ महिना अगाडि

error: Content is protected !!