२४ बैशाख २०८१, सोमबार
2024-05-06

भारतीय महिलालाई अविवाहित बनाएर नागरिकता दिलाउने वडा अध्यक्ष बिरुद्ध उजुरी

आर्य न्युज /Aarya News

देवानगञ्ज । सुनसरीमा भारतीय महिलालाई अविवाहित बनाएर एक वडा अध्यक्षले नागरिकता दिलाएको छ। सुनसरीको सदरमोकाम इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सुमन थापाले भारतीय महिलालाई नागरिकता दिलाएको हो।

भारतीय महिलालाई वडा अध्यक्ष थापाले नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन अविवाहित बनाएर सिफारिस गरेको भन्दै उजुरी परेको छ ।

भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायतमा २०६७ सालमा बिवाह भएकी एक महिलालाई अविवाहित युवती बनाएर नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन वडा अध्यक्ष थापाले सिफारिस गरेको प्रति उजुरी परेको हो।

वडा थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायत घर भएकी भागवन्ती मोची नाम गरेकी महिलालाई २०८० असार १४ गतेका मितिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नेपाली नागरिकता बनाउनका लागि अविवाहित भनी सिफारिस गरेको थियो ।

वडा अध्यक्ष थापाले श्रीमानको महल खाली राखेर अविवाहित देखाईइ नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिफारिस गरकोमा उनैले भागवन्तीकै छोरीको जन्मदर्ता गरिदिएको र त्यसमा भारतीय नागरिक राजकुमार मोचीको नाम बाबुको महलमा राखिएको छ ।

भारतीय नागरिकसँग बिवाह गरेकी भागवन्ती मोचीको गर्भबाट जन्मिएकी एक बालिकाको जन्मदर्तासमेत आफै सूचक भएर गरेको उजुरीकर्ताहरुले दावी गरेका छन ।

वडाअध्यक्ष सुमन थापाले रकम लिएर भारतीय महिलालाई अबिवाहित भनी नेपाली नागरिकता दिलाएको भन्दै गृह मन्त्रालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिकता बदर गरि कानुनी कारवाही गर्न उजुरी दर्ता भएको छ।

यता वडा अध्यक्ष सुमन थापाले नागरिकता लिएकी भागवन्ती मोची आफ्नै गाँउ समाजकी छोरी रहेकी उनी स्वस्तिक भेनियर नाम गरेको प्लाई उधोगमा काम गर्न जाँदा भारतीय नागरिकले यौन सम्बन्ध कायम राखी गर्भ रहन जाँदा एक सन्तानको जन्म भएको बताए ।

थापाले भारतीय नागरिक राजकुमारले भागवन्तीलाई छाडेर हिडेकाले एक सन्तानको जन्म दिएकी भागवन्तीलाई नागरिकता अभावमा कुनै कामकाज गर्न कठिनाई भएपछि नागरिकताको सिफारिस नियमअनुसार गरेको बताए ।

वडाअध्यक्ष थापाले भने, ‘भागवन्तीका बाबुको जन्मसिद्ध नागरिकता रहेकाले सोही आधारमा गाँउ सर्जमिन मुचुल्का अनुसार साक्षी प्रमाणका आधारमा आफुले नागरिकताको सिफारिस गरेको बताए ।

गलत मनसायले नागरिकता बनाउन सहयोग नगरेको दावी गरेका छन । यसैगरि मोचीको छोरी निशाको जन्मदर्ता आफैले सूचक भएर सहयोग गर्ने मनसायले बनाएको बताए ।

वर्नमाला अनलाईन 

प्रकाशित मिति: २०२३-०९-२७ , समय : २१:१२:२६ , ७ महिना अगाडि

error: Content is protected !!