२३ बैशाख २०८१, आइतबार
2024-05-05

सुनसरीमा पुर्व राष्ट्र सेविका नेपालले “जितिया पर्व उत्सव” मनाईए

ब्रहमदेव मेहता

देवानगञ्ज । तराईमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व ‘जितिया’ पुर्व राष्ट्र सेविका नेपालले “जितिया पर्व उत्सव” मनाईएको छ। सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थित सत्यनारायण मन्दिरको प्रङ्गणमा एक कार्यक्रमको आयोजना गरि हर्सो उल्लासका साथ मनाईएको हो ।

आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म मनाइने जितिया पर्व आमाले आफ्नो सन्तानको रक्षा, सुख,शान्ति र प्रगतिको लागि वर्थ बस्ने गरिन्छ।

सुनसरीकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा हजारौं महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्र. जि. अ. पाण्डेले समाज र राष्ट्र निर्माणमा महिलाहरुको उल्लेखनिय भुमिका रहेको कुरामा जोड दिएका थिए । नयाँ पुस्तालाई संस्कार हस्तान्तरण गर्नमा महिलाहरुको मुख्य भुमिका रहेको बताए । महिला पनि पुरुष जस्तै कार्यहरु गर्न सक्ने भएकोले सबै आ-आफ्नो ठाउँबाट अगाडि बढी समाजको नेतृत्व गर्ने स्थानमा पुग्नु पर्ने बताए । जितिया पर्वको महिमाको बारेमा वर्णन गर्दै सबैमा शुभकामना समेत दिएका थिए ।

विशिष्ट अतिथि रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले वैदेशिक धर्म अपनाउनु हुदैन स्वधर्म नै आत्म साथ गर्नु पर्छ। आफ्नो धर्म संस्कृति संरक्षण संवर्धन गर्नुपर्ने मा जोड दिएकी थिइन् । सम्पूर्ण महिला दिदि बहिनि संगठित भई आफ्नो धर्म, संस्कृति, संस्कार संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गरी समाजलाई सहि दिसमा डोर्याउनु कर्तव्य हामी महिलाको भएको बताएका थिए ।

त्यस्तै राष्ट्र सेविका नेपाल, प्रचारीका, राष्ट्रिय कार्यवाहिका, उर्मिला ढकालले उपसना द्वरा आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै परिवार, गाउँ, समाज र राष्ट्रमा भएको सन्तानको शुख शान्ति आरोग्यताको कामना गर्दै जितियाको अवसरमा ब्रत तथा उपासना गरी राष्ट्र लाई संगठित गरी सांस्कृतिक मुल्य मान्यतालाई आत्म साथ गर्दै सांस्कृतिक राष्ट्र निर्माण गर्नु पर्ने हाम्रो कर्तव्य भएको बताए।

त्यस्तै हिन्दू स्वयंसेवक संघ नेपाल, बिराटनगर बिभाग कार्यवाह, श्रवण कुमार यादवले हिन्दू स्वयंसेवक संघ नेपाल र सेविका समितिले व्यक्ति निर्माणको कार्य गरिरहेको बताएका छन् । सम्पूर्ण हिन्दू समाजलाई संगठित गरेर संस्कारको विकास गर्ने र संगठित शक्ति द्वारा सेवा कर्य सञ्चालन गरी समाजलाई कुसल नेतृत्व निर्माण गर्ने गर्दछ । यसका लागि प्रशिक्षण र जागरणको कार्यक्रमको व्यवस्था गरिएको बताए । वर्तमान अवस्थामा बालबालिकाहरुमा संस्कारको कमि देखिएको अवस्था छ । यस कमिलाई परिपुर्ति गर्न आ-आफ्नो छोराछोरीलाई अनिवार्य प्रशिक्षणमा पठाउन आग्रह गर्दै आमा पहिलो संस्कार दिने गुरु रहेको बताउनु भयो । नारी नरायणी हुन् तसर्थ पितापरमेश्वर जस्ता रोग निको हुने भ्रम फैलाएर धर्मान्तरन गराउने केन्द्रमा जानु मुर्खता हो । यस्ता कर्यमा नलग्न अनुरोध गरेका थिए ।

हिन्दू स्वयंसेवक संघ नेपाल, सुनसरी जिल्ला माननीय सह-संघचालक दिलिपचन्द साहले अहिलेको समाजलाई नारी शक्तिले कुसल नेतृत्व दिन सक्ने समय आएको बताउनु भयो । राष्ट्र तथा अन्तरास्ट्रिय स्तरमा महिलाहरुले राष्ट्रको नेतृत्व गरिरहेको छ। यसरी नै आफ्नो धर्म संस्कार संस्कृतिको संरक्षण गर्न महिला आमा दिदि बहिनीहरुले नेतृत्व गर्नुपर्नेमा जोड दिएका थिए । सुशासन युक्त संस्कार सहितको समाज निर्माण गर्नु महिलाहरुको प्रमुख दाइत्व रहेको बताएका थिए ।

जितिया पर्वलाई सन्तानको सुख आनन्द र प्रगतिको कामनाका लागि मनाइन्छ । हरेक वर्षको आश्विन कृष्ण अष्टमीका दिन यो पर्व मनाउने प्रचलन छ ।

विशेषगरी आमाले आफ्ना सन्तानको सुख शान्ति र समृद्धिको कामना गर्दै पानीसमेत नखाई २४ घण्टासम्म भगवान जितबाहन गोँसाईको पूजा आराधना गरी व्रत बस्ने परम्परा छ । जितिया व्रत कुनै धनधान्य र आरोग्यको लागि नभई नितान्त आमाको माया सन्तान प्रति कस्तो हुन्छ त ? भन्ने कुरा यस व्रतको कथामा उल्लेख गरिएको छ ।

सुमित्रा मेहताको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपाल, सुनसरी जिल्ला संघचालक मा. मनोज यादव, राष्ट्र सेविका नेपाल, काठमाडौ सम्भाग सेवा प्रमुख तारा बस्नेत, नेपाल प्रहरी निरीक्षक निराला भण्डारी, राष्ट्र सेविका नेपाल, राष्ट्रिय सम्पर्क प्रमुख उशा कार्की लगायत स्थानीय महिला र स्वयंसेवकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन मिलन मेहताले गरेको थियो ।

प्रकाशित मिति: २०२३-१०-०१ , समय : ०७:५२:५६ , ७ महिना अगाडि

error: Content is protected !!