कन्चनपुर । ‘म पनि आउँछु’ लेखेकी कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा भेटिएकी छन् ।
भीमदत्त नगरपालिकाकाे भगतपुर बनदेबी टोल बस्ने दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी आफू बस्ने कोठामा मृत फेला परेकी हुन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन् ।
घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-१०-०१ , समय : ०९:१७:०५ , १ वर्ष अगाडि