२४ बैशाख २०८१, सोमबार
2024-05-06

खोलामा डुबेर एक बालिकाको मृत्यु

आर्य न्युज /Aarya News

विराटनगर। मोरङमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। बेलबारी नगरपालिका-२ स्थित भलुवा खोलामा डुबेर बालिका सानी तामाङको मृत्यु भएको हो ।

आइतबार दिउँसो बेलबारी नगरपालिका-३ घर भई हाल मामा साङ्गे लामा संग बस्दै आएकी ३ बर्षीया बालिका सानी तामाङ हराएको भनी प्रहरी चौकी बवियाविर्तामा जानकारी प्राप्त भएको थियो प्रहरीले जानकारी दिएका छन्। प्रहरीका अनुसार उक्त जानकारी प्राप्त संगै प्रहरीको टोली र बालिकाको आफन्तले बालिकाको खोजतलाश गर्दै जाने क्रममा खोलामा डुबेर मृत अवस्थामा बालिकालाई फेला पारेका थिए ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-१०-०२ , समय : ०८:२९:०१ , ७ महिना अगाडि

error: Content is protected !!