२३ बैशाख २०८१, आइतबार
2024-05-05

कम अङ्क ल्याउने एक छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिए

आर्य न्युज /Aarya News

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाई परीक्षामा सबै भन्दा कम अङ्क ल्याउने एक बालिका माथि कुटपिट भएको छ ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत वर्ष ११ को छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी छिन् । विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाई आन्तरिक परीक्षा सञ्चालन गरिएको थियो ।

प्रतिस्पर्धामा सबै भन्दा थोरै नम्बर आए पछि आफ्नै साथीबाट चुटाइ खाएको पीडित बालिकाले बताउनु भयो । अरू बेला उत्तीर्ण हुन्थे तर यो पटक कम नम्बर आयो त्यसैले सँगै पढ्ने छात्रबाट पिटाइ खाए । कुटपिटको कारण ढाड पछाडि सोम्ला बसेको छ । बेला बेलामा दुख्ने गरेको पीडित बालिकाले बताउनु भयो ।

सिकाई सुधारका लागि शारीरिक पिडा हुने गरी कुटपिट हुनु गलत भएको पीडित बालिकाका अभिभावक नोखई थारुले बताउनु भयो । विद्यालयले सजाय दिए पछि अभिभावकहरूले विद्यालयमा पुगी ध्यानाकर्षण गराएका छन् । विद्यालयमा हुने शारीरिक र मानसिक सजाय नदिन अभिभावकले आग्रह गरेका छन् ।

यसै गरी कपिलवस्तु नगरपालिकाको सनसाइन आवासीय माविमा होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नभए पछि ११ वर्षीया बालिका शिक्षकबाट कुटिएकी छिन् । कम्प्युटर विषयका शिक्षकले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रालाई पिट्दा देब्रे र दाहिने पाखुरा र हातमा नीलडाम बनेको छ ।

पीडित बालिकाले होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कक्षा कोठामै कुटेको बताउनु भयो । घटनाको विषयलाई लिएर अभिभावकले प्रहरीमा उजुरी समेत दिएको बताइएको छ ।NT News

प्रकाशित मिति: २०२३-१०-०२ , समय : ११:३३:३३ , ७ महिना अगाडि

error: Content is protected !!