०६ जेठ २०८१, आइतबार
2024-05-19

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

कोशी प्रदेश सम्वाददाता

देवानगञ्ज । झापामा चोरीको मोटरसाईकल सहित २ जना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका-२ का ३५ बर्षीय जफिर आलम, देश भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ बर्षीय मो.जुबेर रहेका छन् प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहान उनिहरुले मे ११ प ४३०७ नम्बरको FZ मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरी चौकी महेशपुर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकालागी उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाईकल बिर्तामोड नगरपालिका-४ मेघावारी बाट चोरी गरी ल्याएको खुल्न आएको छ ।

घटना सम्बन्धमा वडा प्रहरी कार्यालय भद्रपुरबाट थप आवश्यक अनुसन्धान भईरहेको छ । प्रहरी द्वारा समाचार सच्याईएको छ ।

प्रकाशित मिति: २०२३-१०-०२ , समय : १९:४४:१५ , ८ महिना अगाडि

error: Content is protected !!