०६ जेठ २०८१, आइतबार
2024-05-19

वातावरण प्रदुर्शन गर्ने व्यवसायी महानगरको चगुलमा फसे

कोशी प्रदेश सम्वाददाता

विराटनगर। आफ्नो पसल र गुदाममा रहेको प्लास्टिक जन्य वस्तुलाई आफै व्यवस्थापन गर्न खोज्दा व्यवसायी महानगर पालिकाको चगुलमा फसेको छ।

विराटनगर महानगर पालिका वडा नम्बर २ बाट निस्केको फोहरलाई व्यवस्थापन गर्न महानगर द्वारा संचालित फोहर व्यवस्थापन गर्ने इकाई लाई नदिइकन केहि रकम जोगाउने नाममा आफ्नै ट्याक्टरमा फोहर हाली विराटनगर वडा नम्बर ५ रिङ्ग रोडमा लाने गरेको थियो।

यसरी लगिएको फोहरलाई जलाई वातावरण लाई प्रदुर्शन पार्ने काम गर्दै आएका थिए। यसरि वातावरण लाई प्रदुर्शन पार्ने काम गर्दै गर्दा स्थानीयवासिन्दाको आग्रहमा महानगर पालिकाको टोलि घटना स्थल पुगी सवारी साधन लाई नियन्त्रणमा लिई महानगर पालिकामा ल्याएको थियो।

करिना ट्रेडर्सका संचालकलाई बोलाई अब देखि यस्तो गर्दिन भनि कागज गराई छोडी दिने काम गरेको विराटनगर महानगर पालिका सरसफाई व्यवस्थापन शाखाले बताएको छ।

प्रकाशित मिति: २०२३-१०-०३ , समय : २०:३३:३९ , ८ महिना अगाडि

error: Content is protected !!