२३ बैशाख २०८१, आइतबार
2024-05-05

हिन्दुलाई ओलीको चुनौती : देशलाई हिन्दुराष्ट्र बनाएर देखाउ

कोशी प्रदेश सम्वाददाता

विराटनगर । देशलाई हिन्दुराष्ट्र बनाएर देखाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सनातन हिन्दुलाई चुनौती दिएका छन् । बुधवार विराटनगर विमानस्थलमा बोल्दै ओलीले दुई तिहाई ल्याएर धर्मनीरपेक्ष हटाउन र हिन्दुराष्ट्र बनाउन चुनौती दिएका हुन् ।

हिन्दुवादी संघसंगठन प्रति कडा रुपमा प्रस्तुत भएका थिए। उनले भने देश धर्मनीरपेक्ष भइसकेकाले हिन्दुराष्ट्र हुन नसक्ने दाबी गरे । उनले कसैको निहित उद्देश्यका लागि सद्भाव बिगार्न खोजिएको आरोप समेत लगाए ।

पछिल्लो समय तराईका जिल्लाहरुमा हिन्दुहरुमाथि एक पछि अर्को आक्रमणका घटना भएपनि मुख्य दलका नेताहरुले हिन्दु विरोधी अभिव्यक्ति दिइरहेका छन् । ओलीले पनि यही दोहोराए ।

प्रकाशित मिति: २०२३-१०-०४ , समय : १९:०६:२७ , ७ महिना अगाडि

error: Content is protected !!