२४ बैशाख २०८१, सोमबार
2024-05-06

संघियताको दलदलबाट देशलाई जोगाउन वृहद मोटरसाइकल र्‍याली निकाल्दै

धर्म निरपेक्षताको आडमा हिन्दु माथि आक्रमण !

कोशी प्रदेश सम्वाददाता

सङ्केतिक तस्विर

विराटनगर। दल भन्दा देश ठुलो हुन्छ ! दलदलमा फसेको देशलाई दलदलबाट जोगाउन एक हौँ ! भन्ने मूल्यमन्त्रका साथ विराटनगरका सचेत नागरिक हुनु सडकमा आउने भएका छन्।

परिवर्तनको नाममा स्थापित भएको व्यवस्थाको कारण देशमा राजनीतिक आस्थिरता उत्पन्न भएको नेपाली नेपाली बीच फाटो ल्याउनेको काम भएको हुँदा त्यसलाई अन्त गर्न सबै एक हुनु पर्ने मांग सहित विराटनगरमा वृहद मोटर साइकल र्‍याली निकाल्ने भएको छ।

देशमा संघियत आवश्यक छैन संघियताले देशलाई खतम परेको छ । धर्म निरपेक्षताको आडमा ॐ कार सन्तान हिन्दु धर्म र आस्था माथि आक्रमण गर्ने कार्य बढेको छ र राष्ट्रिय जनावरलाई काट्ने र सामाजिक संजालमा हाल्ने काम भएको हुँदा सघियता खारेजी र हिन्दु राज्य स्थापना हुनु पर्ने मांग सहित र्‍याली निकाल्न लागिएको कुरा अभियन्ता माधव प्रसाद आचार्यले बताउनु भएको छ।

असोज २० गते विराटनगरमा कन्चनवाडी बाट र्याली निकाल्ने र सोहि दिन देखि अभियन्तालाई अगाडी बढाउने सोच सचेत नागरिकको रहेको आचार्यको भनाइ रहेको छ।

प्रकाशित मिति: २०२३-१०-०६ , समय : २०:१२:४५ , ७ महिना अगाडि

error: Content is protected !!