०२ जेठ २०८१, बुधबार
2024-05-15

गठबन्धनसँग औपचारिक संवाद भएको छैन : नेता भक्तिप्रसाद सिटौला

कोशी प्रदेश सम्वाददाता

तस्विर सामाजिक सञ्जाल

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता सहकार्यका लागि गठबन्धनसँग औपचारिक संवाद नभएको बताउनु भएको छ।

गठबन्धन दलले प्रस्तुत गर्ने एजेन्डा र प्रस्तावका आधारमा सहकार्य गर्ने वा नगर्ने भन्ने टुंगो लाग्ने सिटौलाले बताउनु भयो।

‘अहिलेसम्म औपचारिक संवाद भएको छैन। वार्ता भएर निष्कर्ष निस्किएपछि मात्रै हामीले सहयोग गर्ने वा नगर्नेभन्ने टुंगो लाग्छ,’ उहाँले भन्नु भयो, ‘भ्रष्टाचार नियन्त्रण र विकास निर्माणमा गठबन्धनले प्रतिबद्धता जनाउनु पर्‍यो। राजनीतिक सहमति जुट्नुपर्‍यो।’

पदको बाँडफाँटमा आफूहरू केन्द्रित नहुने सिटौला बताउँछन्। जिम्मेवारी आउँदा जुनसुकै भूमिका पनि निर्वाह गर्नसक्ने बताउँदै उनले पदका लागि राप्रपाले मरिहत्ते नगर्ने उल्लेख गरे। ‘गठबन्धनसँग औचापरिक छलफल सुरु नै भएको छैन,’ सिटौलाले भने, ‘हामी यो र उ चाहिन्छ भनेर भन्ने पक्षमा छैनौं।’

प्रकाशित मिति: २०२३-१०-०८ , समय : ०७:३७:४८ , ७ महिना अगाडि

error: Content is protected !!