०३ जेठ २०८१, बिहिबार
2024-05-16

नयाँ सरकारको नेतृत्वमा आ-आफ्नै दाबी : निर्णय शीर्ष नेतृत्वले गर्ने

कोशी प्रदेश सम्वाददाता

विराटनगर। कोशी प्रदेशका नयाँ सरकारको नेतृत्वमा गठबन्धन आवद्ध दलले आ-आफ्नै दाबी प्रस्तुत गरेका छन्।

गठबन्धन आवद्ध दल नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले नयाँ सरकारको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन्। आ-आफ्नै दाबी गरेपछि सरकार गठनलाई लिएर गठबन्धनभित्र किचलो हुने देखिएको छ।

कांग्रेस नेता उद्धव थापाले अब बन्ने सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए। तर, मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय सत्ता गठबन्धनको शीर्ष नेतृत्वले गर्ने उनको भनाइ छ। थापा कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला पक्षधर हुन्। उनलाई संस्थापन पक्षको अर्थात् पार्टी सभापति शेरबहादुर देउवाको समेत साथ छ।

माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए। यस अघि कांग्रेसको नेतृत्वमा दुईपटक सरकार बनेपनि टिक्न नसकेको बताउँदै उनले अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए।

एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए। ‘मुख्यमन्त्रीमा हाम्रो सशक्त दाबी रहन्छ। तर, गठबन्धनको निर्णय मान्छौं,’ उनले भने, ‘गठबन्धन दलबाट सरकार बन्न ढिलो हुने अवस्था बन्यो र असमझदारी बढ्यो भने अरुलाई समर्थन हुनेछ।’

प्रकाशित मिति: २०२३-१०-०८ , समय : ०८:१७:३६ , ७ महिना अगाडि

error: Content is protected !!