२४ बैशाख २०८१, सोमबार
2024-05-06

जंकफुड उद्योगले भन्सार छलेर ल्याउने गरिन्छ गुणस्तरीय हिन फलेबर

राजीव कुशवाहा

विराटनगर। पुर्वमा संचालित विस्कुट चकलेट एवं जंकफुड उद्योगहरुले आफले उतपादन गरेको वस्तुमा प्रयोग हुने फलेबरहरुको गुणस्तरीयता माथि प्रश्न उठान थालेको छ।

मोरङ सुनसरीमा यस प्रकारका उद्योगहरु धेरै छन्। केहि उद्योगले आफै फलेबरहरु मगाउने गरेका छन् भने केहि व्यापारीले फर्म दर्ता गरि फलेबरहरु मगाउने गरेका छन्। पूर्वका उद्योगलाई चाहिने फलेबरहरु भन्सार नाकाबाट वैधानिक रुपले नल्याइकन भन्सार छलेर ल्याउने गरेका छन्। १२५ प्रकारको फलेबरलाई नेपाल सरकारले अनुमति दिए पनि यहाँ दुई प्रकारको फलेबर मात्र विराटनगर भन्सार विन्दुबाट वैधानिक तरिकाले आएको छ।

विराटनगर भन्सार कार्यालय विन्दुबाट काबरा ग्रुपको क्वालिटी कन्फेन्सनारी र विराटनगरको कस्तुरी ट्रेड लिंक ले फलेबर ल्याएको कुरा आयात निर्यात कार्यालयका कार्यालय प्रमुख घिमिरेले बताउनु भयो। निजहरुले चकलेट र ववलगम फलेबरको सामान मात्र मगाएका छन्। धेरै प्रकारको फलेबर भए पनि केहिको भन्सार मुल्याङ्कन बढी भएको कारण आफुलाई पनि चकलेट र ववलगममा भन्सार जाच पास गराएका तछैन भन्ने प्रश्न उठान थालेको छ। फलेबर मगाउने अन्मुमति बाणिज विभाग काठमाडौँमा रहेको कार्यालय ले दिने गरेको कारण यस विषयमा खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर अनविज्ञ रहेको कुरा कार्यालय एक कर्मचारीले बताएका छन्।

अहिले बजारमा काजु किसमिस आप लिची कटहर सुवमेलनरिवल भुइँ कटहर लगायत अन्य फलेबर प्रयोग भएको सामानहरु बाजारमा आइरहेका छन्। बजारमा पाइने बस्तुहरुमा प्रयोग गरिने फलेबरहरु गुणस्तरीय छ छैन भनेर हेर्ने निकाय नै अन्जान बनेको पाइएको छ।

प्रकाशित मिति: २०२३-१०-१२ , समय : २०:३९:४९ , ७ महिना अगाडि

error: Content is protected !!