२५ बैशाख २०८१, मंगलबार
2024-05-07

देवानगञ्जका अधिकांश पसलमा गुणस्तरीयहिन र म्याद गुज्रेको सामान ; मानव स्वास्थ्य संग खेल्वार

राजीव कुशवाहा

तस्बिर ब्रहमदेव मेहता / Namo Online

देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाका अधिकांश पसलमा गुणस्तरीयहिन र म्याद गुज्रेको सामान फेला परेको छ। पालिका अध्यक्ष बेचन प्रसाद मेहताको निर्देशनमा प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गर्दा सो फेला परेको हो।

सोमाबर प्रमुख प्रसासकिय अधिकृत पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको थियो। चाँडपर्वलाई लक्षित गरि गरेको अनुगमनमा अधिकांश पसलहरुमा दर रेटमा एकरुपता नभएको , म्याद गुज्रेको र गुणस्तरहिन समान फेला परेको छ । यसरी म्याद गुज्रेको र गुणस्तरीयहिन समान विक्री वितरण गरि मानव स्वास्थ्य संग देवानगञ्जका व्यपारीहरु खेल्वार गर्ने गरेको देखिन्छ।

देवानगञ्ज गाउँपालिकाको मुटु मानिने बजार देवानगञ्ज बजार अनुगमनका क्रममा केही व्यापारीहरुले मूल्यसुचि राखेको भएपनि पसलपिच्छे मूल्य फरक रहेको, म्याद सकिएको समान राखेको, क्रेतालाई विलविजक नदिएको, होटल व्यवसायीहरु गुणस्तरीयहिन समान प्रयोग गरेको, किराना पसलमा भारतीय समान बढी बेचिएको, अधिकांश पसलहरु दर्ता नभएको लगायतका समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । म्याद सकिएको समान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ भने मूल्यमा एकरुपता गर्न र विल विजक जारी गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष जगनरायण मेहताले पसलेहरुलाई कडा चेतावनी दिएका छन्। उपभोक्तालाई ठगेर म्याद सकिएको समान बिक्री गर्नु कतै राम्रो नभएकोले आईन्दा त्यस्तो गरेको पाईएमा कडा कार्वाही गरिने बताएका छन् । उपभोक्तालाई सचेत गर्दै समान खरिद गर्दा गुणस्तरीय र म्याद भएको नभएको चेकजाँच गरेर मात्र खरिद गर्न आग्रह समेत गरेका छन् । यदि कोही कसैले त्यस्तो उपभोक्ता ठग्ने काम गरेको छ भने जानकारी गराउन समेत आग्रह गर्नु भयो ।

यता पालिका उपाध्यक्षकै संयोजकमा अनुगमन गरिने भए पनि काम विषेशले बाहिर रहेको ढिलो अनुगमनमा आउनु भएको बताउनु भयो । उहाँका अनुसार अनुगमनलाई निरन्तरता दिई उपभोक्तालाई ठगिनबाट जोगाउने कार्यमा आफ्नो सदैव साथ सहयोग रहने समेत बताउनु भयो ।

देवानगञ्जमा गरिएको अनुगमन टोलीमा देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी बिभा यादव, वडा अध्यक्ष जगनरायण मेहता, ईलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर महेश भटराई, देवानगञ्जका प्रसासन अधिकृत मचिन्द्र थलङ लिम्वु, स्वास्थ्य शाखा प्रमुख राकेश कुमार मेहता, आयुर्वेद शाखा प्रमुख जिव्छ पञ्जियार, ईलाका प्रसासन कार्यालय हरिनगरमा कार्यरत नायव सुब्बा रामप्रसाद निरौला, खाध्य गुणस्तरीय मन्च इनरुवाका अजय देव, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक साहयक श्रृजन जोसी लगायत १० जना रहेको थियो ।

चाडपर्वमा बढी मात्रामा गुणस्तरहिन र म्याद सकिएको समान विक्रिको जोखिमलाई मध्यनजर गरी बजार अनुगमन गरेको र यसलाई थप व्यवस्थित र प्रभावकारी बजार अनुगमनलाई निरन्तरता दिने सरोकारवालाहरुले बताउनुभयो।

 

प्रकाशित मिति: २०२३-१०-१७ , समय : ०८:२०:३२ , ७ महिना अगाडि

error: Content is protected !!