०२ जेठ २०८१, बुधबार
2024-05-15

समाजिक सद्भाव तथा भाईचरा कायम राख्दै पर्व मनाउन मेयरले कुशवाहाले गरे आग्रह

राधेश्याम कुशवाहा

सर्लाही, बलरा । सर्लाहीको बलरा नगरपालिकाले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामाशंकर कुशवाहाले हिन्दुहरुको महान पर्व बडा दसैंलाई हर्षाेहोल्लासका साथ समाजिक सद्भाव तथा भाईचरा कायम गरि संयमता अपनाउदै पर्व मनाउन उहाँले आग्रह गरे ।
इजरायल र प्लेस्टाईनको युद्धको हवाला दिदै धर्म र जातको युद्ध जहिलेपनि भयंकर विनाश र विपदा ल्याउदै आएको स्मरण गराउदै इजरायलले गाजाको अस्पतालमा गरेको आक्रमणको समेत उहाँले घोर निन्दा गरे । यो युद्धका कारण मानव र मानवताको अस्तित्व समेत खतरामा रहेको र धर्मको नाममा मानवमा समाजिक सम्बेदना र मानवता हराउदै गएकोमा उहाँले गहिरो दुख समेत प्रकट गरे ।

धार्मिक पर्वको सांस्कृतिक कार्यक्रममा केही उच्छृंखल व्यक्तिहरुले दारु र नशालु पदार्थको सेवन गरि हुहल्ला, झैझगडा र विगतको रिशबी साध्न विवाद गरि समाजिक सद्भाव बिथोल्न खोज्दै आएको उहाँले भने । दसैंमा दुर्गा पुर्जाको विशेष महत्व रहेका कारण नगरको ७ वटा स्थान र वार्ड न.११ को एउटै वार्डको ३ फरकफरक ठाउँमा दुर्गा पुजा मनाइएको छ । दुर्गा पुजा, महाविर पुजा लगायत सामाजिक तथा धार्मिक पर्वको सांस्कृतिक कार्यक्रममा संयमता र सद्भाव अपनाउदा अपनाउदै पनि दुर्घटना घटने गरेका तिता अनुभव हामी छ, मेयर कुशवाहाले विगतलाई सम्झदै भने ।

त्यसैले स्थानीयलाई सर्तक रहन तथा स्थानीय प्रशासनलाई उच्छृङ्खल गतिविधिमा संलग्न जो कोही व्यक्तिहरूलाई कार्यक्रम अवधि भरी नियन्त्रण लिई आम नागरिकलाई सुरक्षा र शान्तिको प्रत्याभुती दिलाउनमा कुनै कसर बाँकी नराख्न आग्रह गरे । बलरा नगरपालिकाले आयोजना तथा नगरप्रमुख मेयर रामाशंकर कुशवाहा को अध्यक्षतामा सम्पन्न भएको नेपालीहरूको महान पर्व २०८० को दसैं दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना अदान प्रदान कार्यक्रममा नगरका सबै कर्मचारी, जनप्रतिनिधि, वडाअध्यक्ष, कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि संचारकर्मी लगायत स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१०-२० , समय : २३:००:१० , ७ महिना अगाडि

error: Content is protected !!