२४ बैशाख २०८१, सोमबार
2024-05-06

मानव सेवा आश्रमद्वारा सडकमा कष्टकर जीवन बिताउदै आएका ११ जना व्यक्तिको उद्वार

राधेश्याम कुशवाहा

सर्लाही। मानव सेवा आश्रमले यस बर्षका चाडपर्वमा केही नरहुन सडकमा भन्ने मुल नारा सहित मानव सेवा आश्रमको टिमले सर्लाही र महोत्तरीको सडकपेटीमा कष्टकर जीवन बिताउदै आएका ११ जना व्यक्तिहरुलाई उद्वार गरेको छ ।

सहयोगापेक्षी सडक मानवहरुको राष्ट्रिय उद्वार यात्रा अन्तर्गत मानव सेवा आश्रमको संस्थापक अध्यक्ष रामजी अधिकारीको नेतुत्व टिमले सर्लाही र महोतरीका विभिन्न स्थानको सडक पेटीमा असहाय तथा साहाराविहिन भई कष्टकर तथा अमानवीय जीवन बिताउदै आएका ३ महिला, ६ पुरुष र १ बालकलाई उद्वार गरेको समाजिक अभियन्ता प्रकाश थारु ले जानकारी दिनुभयो ।

आज एकैदिन सर्लाहीबाट ७ र महोत्तरीबाट ४ जना सडक पेटी व्यक्तिहरू उद्वार गरिएको छ, उहाँले भन्नुभयो । महोत्तरीको बर्दिवासबाट १/१ महिला र पुरुष, गौशालाबाट १/१ महिला र पुरुष गरि ४ जनालाई उद्वार गरिएको हो, भने सर्लाहीको लालबन्दीबाट एक पुरुष र मलंगवाबाट एक महिला, बरहथवाबाट २ वटा पुरुष, हरिवनबाट बोल्न नसक्ने एक १० बर्षिय बालक, त्यस्तै गैरबाट २ जना घाईते पुरुष गरि ७ जनालाई उद्वार गरिएको मानव सेवा आश्रमले जनाएको छ । मानव सेवा आश्रमले सहयोगापेक्षी वेसहरा, अशक्त, असहाय, अनाथ, अभिभावकविहिन, सडक आश्रित मानवहरुको उद्वार गर्दै अभियन्ता थारु को भनाई छ ।

असोज २७ गतेदेखि हालसम्म जम्मा ७० जना सडक पेटी व्यक्तिहरू उद्वार गरिएको मानव सेवा आश्रमले जनाएको छ । आश्रम सडक पेटीमा पुगेका साहाराविहिन व्यक्तिहरुका लागि वरदान सावित हुँदै आएको स्थानीय बताउँछन । आश्रमले उद्वार अभियान सन्चालन गरेदेखी अमानवीय तरिकाले सडक पेटीमा रात काटदै आएको व्यक्तिहरुले जिउने हौसला पाएको र मानवता प्रबर्द्धनमा आश्रमले ठूलो योगदान गर्दै आएको उनीहरुको भनाई छ ।

आश्रमले सडक पेटीमा जीवन निर्वाह, सडकमा अलपत्र परेका, मनोरोगी, बेवारिसे तथा साहाराविहिन बनेका व्यक्तिहरुको उद्वार, उपचार, पालनपोषण र परिवारिक मिलन गराउदै आएको छ । मानव सेवा आश्रमको उद्वार अभियानमा हरिवन नगरपालिका मेयर कमल बुढाथोकी, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल धमला, प्रहरी उपरीक्षक प्रविन धिताल, डिएसपि दिपेन्द्र पजियार थारु, मानव अधिकारी कर्मी मुकेश मिश्र, सन्तोष कर्ण, मानव सेवामा समर्पित अभियन्ता तथा साधक साधिक सहित टोलिले सहयोग गरेका थिए ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : १९:०१:२५ , ७ महिना अगाडि

error: Content is protected !!