०२ जेठ २०८१, बुधबार
2024-05-15

कटहरी गाउँपालिकाको हास्यास्पद कार्य : इन्धनमा खर्च घटाउन प्रहरीलाई साइकल

कोशी प्रदेश सम्वाददाता

विराटनगर। कटहरी गाउँ पालिकाको कार्यालय मोरङले मोरङ प्रहरीलाई मोरङको स्थानमा घटना घटे पछि समयमा घटना स्थलमा पुग्नको लागि साइकल उपलब्ध गराएको छ।

यसरी उपलब्ध गरिएको ६ थान साइकललाई विशेष कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरीक्षक दिपक पोखरेललाई हस्तान्तरण गर्ने काम कटहरी गाउँ पालिकाका अध्यक्ष देवराज चौधरीले गर्नु भएको थियो। यसरी उपलब्ध गराईएकोसाइकल मध्ये २ थान कटहरी प्रहरी चौकीमा र ४ थान जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

अपराध गर्ने समुह वा व्यक्तिहरुले अपराध पैदल हिडेर गर्दैनन् अहिले साइकल कम मात्रामा प्रयोग हुने गरेको । तर मोरङ प्रहरीलाई साइकल उपलब्ध गराएर कटहरी गाउँ पालिका कार्यालय नै हास्यास्पदको पात्र बन्दै गएको छ। कटहरी प्रहरी चौकीले गाडी र मोटर साइकलबाट आफ्नो काम गरिरहेको छ। उनीहरु सहयोग मंग्न गाउँ पालिका नै जानेहुन् उनिहरुलाई इन्धन दिनुको बदलामा साइकल दिएर इन्धनमा बचत गर्ने काम कटहरी गाउँ पालिकाबाट सुरुवात गरेको छ।

शान्ति सुरक्षाको लागि दिन रातखट्ने सुरक्षा निकायलाई साइकल दिएर वलियो बनाउन सकिन्छ भन्ने मान्यता राख्नु हुने कटहरी गाउँ पालिकाका अध्यक्ष चौधरीले कार्यालयका कर्मचारी जो १० देखि ५ बजे सम्म काम गर्छन उनिहरुलाई कार्यालयले मोटर साइकल दिएकोमा मोटर साइकल खोसेर साइकल उपलब्ध गराएर नयाँ उदाहरण प्रस्तुत गर्नु पर्ने तर्क स्थानीय वासिन्दाको रहेको छ। कटहरी गाउँ पालिकाले इन्धनमा भएको खर्च घटाउन प्रहरीलाई साइकल दिएँ झैँ कर्मचारी लाई साइकल दिएमा सुनमा सुगन्ध हुने थियो।

प्रकाशित मिति: २०२३-१०-२८ , समय : १२:३८:१६ , ७ महिना अगाडि

error: Content is protected !!