२७ बैशाख २०८१, बिहिबार
2024-05-09

राजश्व छल्ने गर्ने नाम चलेको पसल मार्केट ; सम्बन्धित निकाय मौन

कोशी प्रदेश सम्वाददाता

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारीको नेत्रित्व्यमा रहेको राजश्व चुहावट नियन्त्रण समिति ले राजश्व चुवाहटलाई नियन्त्रण गर्न मात्र होइन न्यूनीकरण गर्न समेत सकेको छैन।

वडा दशैं एवं तिहारको समयमा जिल्ला प्रशासन कार्यालय मोरङको नेत्रित्व्यमा बजार अनुगमन गर्न गएको टोलिले आगन मिठाई पसल युनिक मिठाई पसल र पान पसलमा सब भन्दा बढी अनुगमन गरेको थियो। उक्त टोलिले राजश्व चुहावट किन भई रहेको छ। यस तर्फ ध्यान दिन सकेको छैन। विराटनगर बजारको नाम चलेको किराना पसलको अनुगमन गर्न सकेको छैन सेन्टर मल भाट भटेनी मार्केट लगायत अन्य मार्केटमा अनुगमन गर्न तर्फ खासै ध्यान नदिदा अनिहरुको प्रभाव कै कारण अनुगमन हुन् नसकेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

विराटनगर बजारमा मात्र होइन पुर्व मै प्रयाप्त मात्रामा डाइड फुडको नामले चिनिने काजु किसमिस हाडे बदाम भारतीय कोक विस्कुट चकलेट बबलगम लगायत अन्य समान पाइरहेको छ। विराटनगर भन्सार कार्यालय रानीमा खटिएका सशस्त्र प्रहरीले बेला बखत काजु किसमिस बदामहरु बरामद गर्ने गरेको छ। यसलाई हेर्दा सोहि बाटो बाट जोगवनीमा सामान किनेर ल्याउने गरेको आकलन गर्न थालेको छ। डाइड फुडको नामले चिनिने उक्त बस्तु त्यहाँ रहेको यात्रु शाखामा राजश्व बुझाई नेपाल भित्रिएको छैन।

डाइड फुडको नामले चिनिने काजु किसिमिस बदामहरु दैनिक नेपाल तर्फ भित्रिरहेका छन् । असोज र कार्तिक महिनामा मात्र सशस्त्र प्रहरीले काजु हाडे बदाम पक्राउ गरेर लागेको कुरा ओसार पसार गर्ने व्यापारीले बताएका छन्। काजु र हाडे बदाम कति पक्राउ गरे सो कुरा बताउन चाहेन यसरि बरामद गरेको सामान भन्सार कार्यालयमा दाखिला हुन्छ वा हुदैन सो खोजिको विषय बन्नु पर्छ ?

विराटनगर भन्सार कार्यालय आइसीपी रानी बाट कति परिमाणको काजु किसमिस बदाम भित्रिएको छ भनेर विराटनगर भन्सार कार्यालय सुचना अधिकारी परशुराम दाहाल संग जिज्ञासा राख्दा १ वर्ष भई सक्दा विराटनगर भन्सार कार्यालय आइसीपी बाट उक्त बस्तु आएको छैन भन्नु भयो। भन्सार बिन्दु बाट राजश्व तिरेर उक्त सामान आएको छैन बजारमा नाम चलेका किराना पसलले कहाँ बाट ल्याएर कुन डिलर बाट ल्याए यसतर्फ राजश्व चुहावट नियन्त्रण गर्ने निकायले अनुगमन गर्दा ध्यान दिएरमा राजश्व चुहावट गर्ने कार्यमा कमि आउने थियो। कुन कुन पसलमा सजाएर राखिएको छ यो देख्न धेरै समय कुर्नु पर्दैन।

 

प्रकाशित मिति: २०२३-१०-३० , समय : १९:४१:४३ , ६ महिना अगाडि

error: Content is protected !!