२३ बैशाख २०८१, आइतबार
2024-05-05

प्रहरीद्वारा श्रीमतीको हत्या: श्रीमान र सौता पक्राउ

आर्य न्युज /Aarya News

वीरगञ्ज। पर्सामा प्रहरीद्वारा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान र सौता पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ निवासी महिमा खातनुको श्रीमानको छुरा प्रहारबाट ५ गते रति शनिबार मृत्यु भएको थियो ।

घटनाको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहको कमाण्डमा गएको प्रहरी सहितको टोली घटनास्थलमा पुगी लाशजाँच, मुचुल्का, पोष्ट मार्टम समेतको कार्य गरी मृतकको लास आफन्तलाई बुझाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख शाहका अनुसार इजहारुल हक अंसारीका दुई वटा श्रीमती रहेको र कान्छी श्रीमती महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा फजल करिम मियाँ, सासु आमा सरिफन खातुन र सौता नुरजहान खातुन समेतले कुटपिट गरेको र सोही क्रममा उनको श्रिमानले धारिलो हतियार छुरा प्रहार गरि हत्या गरेकाे बताएका थिए ।

प्रहार गर्ने आरोपित श्रीमान इजहारुल हक अंसारी घटनाको दिनदेखि नै फरार रहेकोले आज प्रहरीले अंसारी र उनको सौतालाई पकाऊ गरेको प्रहरी शाहले बताएका छन् ।

पक्राउ परेका श्रीमान र श्रीमतीलाई ज्यान सम्बन्धी कसूरमा मुद्धा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रमुख शाहले जानकारी दिए ।RN

प्रकाशित मिति: २०२३-१०-३१ , समय : २०:००:४९ , ६ महिना अगाडि

error: Content is protected !!