२७ बैशाख २०८१, बिहिबार
2024-05-09

नोवेल हस्पिटलले राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप १५ लाख रकम दिने

कोशी प्रदेश सम्वाददाता

विराटनगर। नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरले क्रिकेट टोली १५ लाख रकम दिने भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको उच्च सम्मान गर्दै प्रोत्साहन स्वरुप सो रकम दिने भएको हो।

बुधबार नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरले नेपाल क्रिकेट संघलाई पत्राचार गर्दै हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरले नेपाली राष्ट्रिय टोलीले विजय हाँसिल भई विश्वकपमा छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसियल सहित) लाई प्रोत्साहन स्वरुप रु १५,००,०००/- (अक्षरुपी रु पन्द्र लाख) पुरस्कार घोषणा गरेको छ । त्यस्तै विश्वकप टि २० छनौटको फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप रु ५,००,०००/- (अक्षरुपी रु पाँच लाख) समेत प्रदान गरिने नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल क्रिकेट संघलाई पत्राचार गरी आधिकारिक रुपमा जानकारी गरेको छ ।

सो पत्रमा नोवेलले नेपाली राष्ट्रिय टोलीलाई शुभकामना साथै नेपाल क्रिकेट संघलाई आजको दिन सम्मको सफलताको लागि हार्दिक बधाई र नेपाली क्रिकेटको सफलताको लागि शुभकामना समेत व्यक्त गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका पूर्व अध्यक्ष तथा प्रवन्ध निर्देशक र हाल मोरङ्ग क्षेत्र नंं ३ का प्रतिनिधी सभा सदस्य माननीय डा. सुनिल कुमार शर्माज्यूको अगुवाईमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आजको दिन सम्ममा खेलाडीहरुलाई उच्च सम्मानका साथ निःशुल्क एवं सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ भने आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै विपन्न विरामीहरुको उपचारमा निःशुल्क, सहुलियत शुल्कमा उपचार सेवा पु¥याउदै आएको छ त्यस्तै विभिन्न स्थानहरुमा नियमित निःशुल्क स्वास्थ्य शिविरहरुको समेत आयोजना गर्दै नै आई रहेको छ जसबाट दुरदराजमा रहेको लाखौं जनताले स्वास्थ्य उपचार सेवा प्राप्त गर्दै आएका छन् ।

प्रकाशित मिति: २०२३-११-०१ , समय : १९:०७:१६ , ६ महिना अगाडि

error: Content is protected !!