१७ बैशाख २०८१, सोमबार
2024-04-29

अन्याय गरेको भन्दै मण्डलले पालिका अध्यक्ष मेहता सहित ५ जना विरुद्ध उजुरी दिए

ब्रहमदेव मेहता

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाका एक जनाले भुमिहिनले भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय कार्यावन्यन नगरेको भन्दै पालिका अध्यक्ष मेहता सहित  ५ जना विरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिएका छन् । सो समितिको निर्णय कार्यावन्यन नगरि अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै देवनागञ्ज गाउँपालिका वडा नम्बर ३ का ५५ वर्षिय शिवनारायण मण्डलले पालिका अध्यक्ष मेहता सहित ५ जना विरुद्ध निवेदन दिएका हुन।

आर्य न्युज संग कुरा गर्दै मण्डलले आफुलाई अन्याय गर्ने ५ जना विरुद्ध आवश्यक कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिएको बताउनु भयो।

मण्डलले १३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा देवनागञ्ज गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिलकुमार भगत, वडा सदस्य कमलेश यादव, वडा सचिव वविता कुमारी मेहता , कर्मचारी माधवप्रसाद मेहता र देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता विरुद्ध अन्याय गरेको भन्दै निवेदन दिएका छन् ।

निवेदक मण्डलले आफू भुमिहिन दलित सुकुम्बासी भएकोमा आवाशको हक सुनिश्चित गर्नुपर्नेमा त्यस विपरित देवनागञ्ज गाउँपालिका वडा नम्बर ३ का वडा पदाधिकारीहरु र गाउँपालिका समेतले सुन्योजित रुपमा फारम भरे पनि अनलाईनमा आफ्नो नाम नचढाएको आरोप लगाएका छन् ।

मण्डलले निवेदनमा वडा कार्यालयले भुमिहिन दलित र सुकुम्बासी तथा अव्यस्थित बसोबासीको सूचना प्रकाशन गरेकोमा आफूले पनि सुकुमबासी दलित भएको फारम भरेर बुझाउँदा २०७९ साउन ९ गतेको वडा निणर्य अनुसारको सुचिमा दोस्रो नम्बरमा नाम भए पनि पालिकाले अपलोड गरेको अनलाईन फारममा आफनो नाम नभएकाले अन्यायमा परेको गुनासो गरेका छन् ।

वडा स्तरमा सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि नामावली प्रकाशन हुदाँ आफ्नो नाम नै नभएकाले अन्याय गरेको दावी सहित कानुनी कार्वाहीको माग गर्दै सुनसरी प्रसाशनमा उजुरी गरेको हो ।

उता आएको निवेदनको बारेमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका लागि सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाण्डौ पठाएको छ । प्रशासन कार्यालयको चलानी नम्बर १०१८ मार्फत सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाण्डौ पठाएको हो ।

 

प्रकाशित मिति: २०२३-११-०१ , समय : २०:३६:०२ , ६ महिना अगाडि

error: Content is protected !!